मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५o:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘द रेड सुटकेस’ चैत ३० देखि हलमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ।निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ३० मा प्रदर्शनमा ल्याउने जानकारी गराएको हो।

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका छन्।

सेप्टेम्बरमा भेनिसमा वर्ल्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो। त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलबर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विट्जरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनाेट भएको थियो।

निर्माता रामकृष्ण पोखरेल विदेशी दर्शकबाट फिल्मले प्रशस्त स्नेह पाएको र घरेलु दर्शकबाट सोही स्तरको स्नेहको अपेक्षा गर्दै फिल्म प्रदर्शन गर्ने निर्णयमा पुगेको बताउँछन्।

‘विश्वका दर्शकहरूको प्रतिक्रिया हाम्रा लागि उत्साहपूर्ण रह्यो। अब हामी घरेलु दर्शकको पनि प्रतिक्रियाका लागि उत्सुक छौँ। त्यसैले नयाँ वर्षको पूर्वसन्ध्यामा हामीले फिल्म सार्वजनिक प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ निर्माता पोखरेलले भने।

निर्देशक फिडेल देवकोटाले फिल्मको प्रदर्शन ‘होमकमिङ’जस्तै रहेको बताए। ‘ सुरुमा फिल्म बनाउँदा यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो। त्यो सपना साकार भयो। अबचाहिँ यो कथा घर फर्किएको छ,’ उनले भने, ‘यो चलचित्र समसामयिक समाजको ऐना पनि हो। यसले हाम्रो समयको सबैभन्दा ठूलो सामाजिक यथार्थलाई उठाएको छ। प्रदर्शनपछि यसमा बहस पनि छेडियोस् भन्ने मेरो आग्रह छ।’

चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरूको जुरीले बिसाटो डिओरोअन्तर्गत डेब्यु फिल्म निर्देशकको रूपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फर्स्ट फिचर फिल्मको अवार्ड जिताएको थियो।

फिल्मले श्रीलंकामा हालै सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको छ।

फिडेलकै लेखन रहेको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ। सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन्। 

श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सहनिर्माताको रूपमा रहेका छन्।