१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

गुठीचौरका विपन्न नागरिकलाई जाडो छेक्न कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४२:oo

गुठीचौर गाउँपालिका– १ वडा कार्यालयले ‘बाबालाई नाना र आमालाई नानासहित खाना’ कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न, एकल महिला र अशक्तलाई ज्याकेट, हर्लिक्स  र फलफूल वितरण गरेको छ।

हिउँद लागेसँगै जनजीवन प्रभावित भएकाले वडा कार्यालयले यी सामान वितरण गरेको जनाएको छ। यस क्षेत्रमा अहिले पानी जमेर बरफ बनेको छ।

ज्येष्ठ नागरिक, विपन्न, एकल महिला र अशक्तलाई चिसोबाट जोगाउन न्यानो ज्याकेट, हर्लिक्स र फलफूल वितरण गरिएको वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।

वडाभित्रका एक सय आठ महिला र ८२ पुरुष गरी जम्मा एक सय ९० जनालाई राहतका यी सामग्री वितरण गरिएको महताराले जानकारी दिए। उनका अनुसार कुल चार लाख ८६ हजार सात सय ५० रुपैयाँबराबरको सामग्री वितरण गरिएको हो।

ad
ad