१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेविसंघ मुगुद्वारा रारामा सरसफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o२:oo

नेपाल विद्यार्थी संघ मुगुले रारातालमा सरसफाइ अभियान सुरु गरेको छ।

नेविसंघ मुगुद्वारा ग्रिन रारा क्लिन रारा भन्ने मूल नाराका साथ स्वच्छ, सफा, हरियाली, वातावरण संरक्षणका लागि शनिबार रारा ताल सरसफाइ कार्यक्रम गरिएको छ।

रारामा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धिसँगै ताल क्षेत्रमा फोहोर पनि बढ्न थालेपछि तालको सुन्दरता, प्राकृतिकपन र स्वच्छ वातावरण  जोगाइराख्न नेपाल विद्यार्थी संघ मुगुले सरसफाइ कार्यक्रम गरेको हो। 

तालमा फोहोर बढ्दै गएको कारण तालको सुन्दरता हराउँदै जाने जोखिमलाई जोगाउन सरसफाइ अभियान सुरु गरिएको नेविसंघ मुगुका कार्यवाहक अध्यक्ष बालचन्द्र कार्कीको भनाइ छ। उनका अनुसार, फोहोर व्यवस्थापनका लागि प्रत्येक महिनाको अन्तिम शनिबार ताल क्षेत्रमा सरसफाइ गरिनेछ।

आफ्नो नेतृत्वमा शनिबार गरिएको सरसफाइ कार्यक्रममामा ४० बोरा फोहोर संकलन गरी बिसर्जन गरिएको उनको भनाइ छ। आफ्नाे अभियानमा  इच्छुकलाई याे अभियानमा जोडिन नेविसंघ मुगुले आग्रह गरेको छ।

ad
ad