१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

फोर्टिन स्टार कप फुटबल : महेन्द्र माविको विरासत अर्जे माविले भत्कायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५o:oo

विजेता अर्जे माविले ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता महेन्द्र माविले २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे

गुल्मीको फोर्टिन स्टार युवा क्लबले १३औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरेको माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधि अर्जे माविले जितेको छ । फाइनल खेलमा अर्जे मावि र महेन्द्र माविबीच निकै कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा अर्जे माविले महेन्द्र माविलाई पराजित गरेको हो ।

तीन वर्षसम्म महेन्द्र माविले लगातार फोर्टिन स्टार कप फुटबलको उपाधि कब्जा गरेको थियाे । महेन्द्रको विरासत अहिले अर्जे माविले भत्काएको छ । ‘चौथो फोर्टिन स्टार कप– २०८०’ को विजेता अर्जे माविले ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता महेन्द्र माविले २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । 

त्यस्तै, प्रतियोगितामा बेस्ट किपर अर्जुन विश्वकर्मा र बेस्ट कोच सुशील परियार भएका छन् । प्रतियोगितामा सदरमुकाम तम्घासका महेन्द्र मावि, सिद्धबाबा मावि, रेसुंगा मावि, उपल्लो तम्घास मावि, अर्जुन इग्लिस बोर्डिङ स्कुल, रिडर्स पब्लिक हाइस्कुल, आदर्श विद्या आश्रम र ब्रिलियन्ट युनाइटेड एकेडेमी र गण्डकी इग्लिस बोर्डिङ स्कुल सहभागी भएको आचार्यले बताए । 

तम्घासबाहिरका देवीस्थान मावि घमिर, मालिका मावि सिमलटारी, अर्जे मावि अर्जे, पृथ्वी मावि पुर्कोट, रिडी मावि रिडी, पालुखा मावि हस्तीचौर, जनसहयोग मावि भुवनपानी, भगवती मावि सिमीचौर, भाडगाउँ मावि भाडगाउँ र लिटिलस्टार्स पब्लिक स्कुल उर्लेनी गरेर १९ विद्यालयबीच प्रतिस्पर्धा भएको थियो । 

प्रतियोगितामा तम्घासबाहिरका १० विद्यालयले सहभागिता जनाएका थिए । तम्घासमा लामो समयदेखि फुटबल खेलिरहेका विद्यालयलाई पराजित गर्दै अर्जे माविले चौथो फोर्टिन स्टार कप– २०८० को उपाधि हात पारेको हो । अर्जे माविले उपाधि चुमेसँगै गाउँमा पनि फुलबलको सम्भावना र ऊर्जा बढिरहेको मालिका गाउँपालिका ६ का युवा नेता तथा पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 

जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लबले छात्र र पुल्चोक स्पाेर्टस् क्लबले छात्रा फुटबल प्रतियोगिता गर्दै आएका छन् । सहरका विद्यालयमा मात्रै केन्द्रित फुटबल खेलको मोह गाउँसम्म विस्तार गर्न क्लबहरूले लामो समयदेखि फुटबल प्रतियोगिताको आयोजना गरिरहेका छन् । 

  


 
 

ad
ad