Skip This
पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १२ बिहीबार
  • Saturday, 27 July, 2024
रमेश सुवेदी काठमाडौं
२o८o पौष १२ बिहीबार २१:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइनलमा

ललितपुरले उपाधिका लागि शनिबार धनगढीसँग भिड्ने

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १२ बिहीबार २१:३२:oo

फ्रेन्चाइज ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको फाइनल प्रवेश गरेको  छ।  

बिहीबार दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायर्समा पोखरा थन्डर्सलाई २–१ ले गोलले हराउँदै ललितपुर सिटीले पहिलोपटक फाइनलमा स्थान बनाएको हो। 

खेलको ३३औँ मिनेटमै १० खेलाडीमा सीमित भएको ललितपुरले कुशल देउवाको निर्णायक गोलमा फाइनल यात्रा तय गरेको हो। 

निखिल कदम ३३औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि ललितपुरलाई ठूलो झड्का लागेको थियो। तर, खेलमा अग्रता लिन भने ललितपुर नै सफल भयो। 

पहिलो हाफको इन्जुरी समयमा इमोन इजेकेइलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाए। खेलको ७२औँ मिनेटमा स्टेफन कोजो पापा एनोरले पोखरालाई खेलमा फर्काए। त्यसपछि ९० मिनेटभित्र दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ अघि बढ्यो। 

थपिएको खेलको समय चलिरहँदा ९९औँ मिनेटमा वैकल्पिक खेलाडी कुशलले ललितपुरलाई खेलमा पुनः अग्रता दिलाए। त्यसपछि पोखराले लगातार खेलमा फर्कने प्रयास गरिरहे पनि सफल हुन सकेन र दश खेलमा सीमित ललितपुरलाई परिणाम सुम्पन बाध्य भयो। 

अब उपाधि भिडन्तको लागि ललितपुरले शनिबार हुने धनगढीसँग प्रतिस्पर्धा गर्नेछ। धनगढीले पोखरालाई टाइब्रेकरमा हराउँदै फाइलनमा स्थान बनाएको हो।