१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थ सर्भिसमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५५:oo

 एभरेष्ट बैंक लिमिटेड र एएसजीआई केयर हेल्थ सर्भिसेज प्रालिबीच सम्झौता भएको छ । बैंक र नयाँबानेश्वरमा रहेको आइकेयरबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौताअनुसार उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ ।

सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी र तिनका पारिवारिक सदस्यले उक्त आँखा अस्पताल तथा भारतमा रहेको एक सय ४० शाखाबाट समेत सर्जरी प्रोस्युडर, बैंकका कर्मचारीको माइनर इन्भेस्टिगेसन, अप्टिकल्समा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । 

साथै, पहिलोपटक रजिस्ट्रेसन तथा ओपिडी शुल्क नलाग्ने र एकपटकका लागि १५ दिनभित्रको फलोअपसमेत निःशुल्क हुने जनाइएको छ । हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उपे्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवद्र्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको उपस्थिति रहेको बैंकले जनाएको छ । 

बैंकले हाल देशभरमा एक सय २८ शाखा, ३ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक सय ६४ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad