१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मोबाइल तस्करीमा घुस लेनदेन गर्ने प्रहरीसहित तीनजनाविरुद्ध मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५५:oo

मोबाइल तस्करीको क्रममा घुस लेनदेन गर्ने प्रहरी जवानसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। 

इप्रका बर्दघाटका प्रहरी जवान संजीव धवल तथा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर– ८ स्थायी वतन भएका अर्जुनप्रसाद शर्मा र वडा नम्बर–२१ स्थायी वतन भएका इन्द्रलाल श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

मोबाइल तस्करी गर्ने शर्मा र श्रेष्ठले जवान धवललाई एक लाख ७५ हजार रुपैयाँ घुस दिएको अख्तियारको ठहर छ। 

इलाका प्रहरी कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटना तस्करीसँग जोडिएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।

सोही छानबिन समितिले मोबाइल तस्करीमा प्रहरीले सहयोग गरेको देखिएको थियो। सोही आधारमा अख्तियारले अनुसन्धान गरी मुद्दा दायर गरेको हो। 

ad
ad