१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष ११ बुधबार ११:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलले गरे बागलुङ कालिकामा पूजा-अर्चना [तस्बिरसहित] 

Read Time : < 1 मिनेट
२०८० पौष ११ बुधबार ११:५१:००

राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजा–अर्जना गरेका छन्।

बुधबारदेखि सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका पौडेलले मन्दिरमा विधिपूर्वक पूजा–अर्जना गरेका हुन्।

बिहान करिब १०ः४५ को समयमा पौडेलले मन्दिरमा पूजा–अर्जना गरेको कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। 

पौडेल कालिका भगवतीको मूलगेटबाट पैदल हिँडेर मन्दिर दर्शन गर्न पुगेका हुन्। पौडेलले बुधबार नै बागलुङ नगरपालिका- ४ कुँडुलेमा रहेको शालिग्राम संग्रहालयको अवलोकन गरेर बागलुङ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। पौडेल दिउँसो १ बजे महोत्सवको उद्घाटन स्थल धौलागिरि बहुमुखी क्याम्पसको प्रांगणमा पुग्ने कार्यक्रम छ। 

तस्बिर : नारायण रिजाल/नयाँ पत्रिका