१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० पौष १० मंगलबार १२:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाको रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० पौष १० मंगलबार १२:००:००

नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहाको नयाँ मोडेलको स्कुटर रे जेडआर १२५ एफआई  स्ट्रिट र्‍याली हाइब्रिड नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘मेट कपर’ र ‘स्पार्कल ग्रिन’ रङहरूमा स्कुटर इभोलुसनको अवधारणासँग मेल खाने नयाँ मोडेल बजारमा ल्याएको हो ।

यो स्कुटरमा एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सिसी ब्लू कोर इन्जिन रहेको जनाइएको छ । जसले दक्षता र रोमाञ्चक सवारीका लागि नयाँ मानक स्थापना गर्ने कम्पनीको दाबी छ । यसको ग्राउन्ड ब्रेकिङ, स्वचालित स्टप र स्टार्ट प्रणालीले अरूभन्दा फरक बनाउनुका साथै  इन्जिन निष्क्रिय हुनबाट जोगाउने कम्पनीले जनाएको छ । यसले इन्धनको उत्सर्जन घटाउने तथा दक्षतालाई बढाउने कम्पनीको भनाइ छ । 

यसमा उत्कृष्ट एलइडी हेडलाइट, प्रभावशाली एलइडी पोजिसन लाइटहरू र डिजिटल इन्स्टु«मेन्ट क्लस्टर समावेश रहेको जनाइएको छ । यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिङ र सुधारिएको माइलेज सुनिश्चित गर्ने कमपनीको दाबी छ ।