१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

यामाहा एफआई प्रविधिको १५ वर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२o:oo

यामाहा नेपालले एफआई (फ्युल इन्जेक्सन) प्रविधि भित्र्याएको डेढ दशक पुगेकोे छ । यो प्रविधिले दुईपांग्रे सवारीसाधनमा नयाँ अनुभव र युगको घोषणा गरेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २००८ मा वाइजेडएफ आर–१५ भित्र्याएको थियो । एफआई इन्जिन इनोभेसनले त्यतिवेला इन्जिनको कम प्रदर्शन, उच्च इन्धन खपत, स्टार्ट नहुनेजस्ता समस्या सम्बोधन गरेको कम्पनीको भनाइ छ । 

त्यसपछि सन् २०१४ मा एफआई इन्जिन भएको एफजेड ‘लर्ड अफ द स्ट्रिट’ मोटरसाइकल ल्याएको र सोही वर्ष यामाहा फेजर एफआई पनि ल्याएको र यसले ग्राहकलाई नयाँ अनुभव दिएसँगै एफजेड सिरिज नै चलेको कम्पनीले जनाएको छ । लगत्तै सन् २०१५ मा ३२१ सिसीको एफआई प्रविधिसहितको वाइजेडएफ आर–३ बजारमा ल्याएको बताउँदै कम्पनीले सन् २०१७ मा एफजेड–२५ सार्वजनिक गरेको बताएको छ ।

त्यसैगरी, सन् २०१८ मा थप परिष्कृत वाइजेडएफ आर–१५, भी–३, सन् २०१९ मा एफआई एनम्याक्स र सन् २०२० मा रे–जेडआर १२५ एफआई मोडल भित्रिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार टुरिङ सेगमेन्टलाई सम्बोधन गर्न सन् २०२२ मा नियो–रेट्रो सेन्सेसन एफजेड–एक्स सार्वजनिक भएको थियो । सोही वर्ष कम्पनीले एरोक्स १५५ पनि सार्वजनिक गरेको थियो । 

त्यस्तै, सन् २०२३ मा भने पहिलो हाइब्रिड स्कुटर लन्च गरेको कम्पनीको भनाइ छ । यो वर्ष यामाहाले एफजेड सिरिजमा एफजेड भी–३ थप परिमार्जनसहित ल्याउन लागेको बताइएको छ । 

ad
ad