१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २१ शुक्रबार १o:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जनकपुुरधामबाट अयोध्यामा कोसेली पठाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o१:oo

भारतको अयोध्यामा नवनिर्मित प्रसिद्ध राममन्दिरको प्राणप्रतिष्ठा हुने अवसरमा जनकपुरधामको जानकी मन्दिरबाट पाहुर (कोसेली) पठाइने भएको छ । त्रेतायुगमा जनकपुरधाम र अयोध्याको बीच रहेको आदिकालीन सम्बन्धलाई अझ प्रगाढ बनाउन जानकी मन्दिरले राममन्दिरको प्राणप्रतिष्ठाको अवसरमा सयौँको संख्यामा भार पाहुर (कोसेली) पठाउने जानकी मन्दिरले जनाएको छ । 

जानकी मन्दिरका महन्त राम तपेश्वर दासको अगुवाइमा शनिबार भएको एक सर्वपक्षीय बैठकले कोसेली पठाउने निर्णय गरेको हो । यसका लागि जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साह र जानकी मन्दिरका महन्त राम दास संरक्षक रहने गरी जानकी मन्दिरका छोटा महन्त रामरोशन दासको संयोजकत्वमा ११ सय सदस्यीय जनकपुरधाम अयोध्या पाहुर यात्रा समितिसमेत गठन गरिएको छ । 

मिथिला परम्पराअनुसार छोरीको नयाँ घर निर्माण भई घरवासको अवसरमा माइती पक्षबाट आभूषण, लत्ताकपडा र वर्षभरिको खानाको सामग्री पठाइने गरिन्छ । सोहीअनुरूप जानकीजीको माइती पक्ष जनकपुरधामबाट ती सामग्री पठाइन लागिएको जानकी मन्दिरका छोटा महन्त तथा समितिका संयोजनक दासले जानकारी दिए । जनकपुरधामबाट आउँदो १९ माघमा अयोध्ययाका लागि पाहुर यात्रा सुरु हुने उनले जानकारी दिए । 

बैठकमा उत्तराधिकारी महन्त रोशनले त्रेतायुगपछि पहिलोपटक अयोध्या भार जान लागेका कारण यस कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण नगरवासीसँग आग्रह गरे । उनले ४ तारिखको यहाँबाट निष्कने कार्यक्रम रहेको हुनाले ३ तारिखको जे–जति सामान हुन्छन् जानकी मन्दिरमा मात्र पुर्‍याउन आग्रहसमेत गरे ।

ad
ad