१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

५८ वर्षपछि जिप्रका मुगुले पायो सुविधासम्पन्न भवन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४४:oo

जिल्ला प्रहरी कार्यालय मुगु स्थापना भएको ५८ वर्षपछि नयाँ भवन निर्माण गरिएको छ।

कार्यालय भवन, हिरासत भवन, इन्चार्ज कक्ष, भान्साघर, आवासगृह र शौचालयसहितको नवनिर्मित भवन आइतबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले एक समारोहबीच उद्घाटन गरेका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक कुँवरले लामो समयपछि हिमाली जिल्ला मुगुमा सुविधायुक्त भवन निर्माणले सुरक्षाकर्मीहरूलाई सहज भएको बताए।

उनले भने, ‘नयाँ भवन निर्माण कार्यले प्रहरी जवानमा उत्साह बढेको देखियो।’ बजेट अभावले लामो समयसम्म जिप्रका भवन नबन्दा प्रहरीलाई बस्नदेखि कामकाज गर्न कठिनाइ थियो।

०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय मुगु हालसम्म जीर्ण भवनमा सञ्चालन हुँदै आएको थियो। नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट ०७६ साल ठेक्का प्रक्रियामा गएको मुगु प्रहरीको भवन रोयल कन्स्ट्रक्सन धनगढी कैलालीसँग भ्याटसहित सात करोड ५६ लाख ६३ हजार रुपैयाँमा ०७६ साल माघ ६ गते निर्माण सम्झौता गरिएको थियो। 

कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्सालगायतका सबै संरचना सुविधायुक्त निर्माण गरिएको छ।

हाल कर्णालीमा स्वीकृत तीन सय १८ प्रहरी युनिटमध्ये ७८ प्रहरी युनिटको मात्र आफ्नै कार्यालय भवन छ। बाँकी दुई सय ३० प्रहरी युनिटले भाडामा सञ्चालन रहेर नागरिकलाई सेवा प्रवाह गरिरहेका छन्।

जिप्रकाको निर्माणको लागि दुई करोड ५८ लाख २० हजार चार सय र हिरासत कक्ष, इन्चार्ज कक्ष, भान्सा तथा आवासगृह शौचालयलगायत भवनमा चार करोड ५६ लाख ६३ हजार रुपैयाँ बजेट खर्च भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाशसिंह कार्कीले बताए।

यतिवेला जिल्ला प्रहरी कार्यालयमा एक सय एकजना सुरक्षाकर्मी कार्यरत छन्। जिल्लाभरिमा दुई सय २३ जना प्रहरी जवान छन्।

ad
ad