१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सेसेलुङ गोल्डकपको फाइनलमा सुनसरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५८:oo

प्रथम कञ्चनजंघा सेसेलुङ गोल्ड कप फुटबल प्रतियोगितामा चक्रघट्टी फुटबल क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । भानुजन माध्यमिक विद्यालयमा आइतबार भएको पहिलो सेमिफाइनलमा आठराई गाउँपालिका तेह्रथुमलाई १–० ले हराउँदै सुनसरी अन्तिम दुईमा पुगेको हो । प्रतिस्पर्धामा सुनसरीका आकाश राईले खेलको २८औँ मिनेटमा १–० को अग्रता दिलाएका थिए । खेलमा थप गोल नहुँदा उनी नै नायक बने ।

तेह्रथुमका खेलाडीले बराबरी गोल फर्काउने निकै प्रयास गरेका थिए । तर, सुनसरीको बलियो डिफेन्स तेह्रथुमका खेलाडीले तोड्न सकेनन् । प्रतियोगिताको सेमिफाइनल पाँचथर फुटबल क्लब र सगरमाथा युथ क्लब मोरङबीच हुनेछ । 

पाँचथरले जलथल फुटबल क्लब झापालाई १–० ले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । सगरमाथाले बिटी फुटबल क्लब तेह्रथुमलाई ४–० ले निराश बनाएर पाँचथरसँगको भेट पक्का गरेको हो । कञ्चनजंघा सोसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको विजेताले तीन लाख दुई हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

ad
ad