१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१४ किलो सुन तस्करी अनुसन्धान प्रतिवेदन : उड्डयन प्राधिकरणले सहयोग नगरेको विमानस्थल भन्सारको आरोप

अब अनुसन्धानको जिम्मा सिआइबीलाई

Read Time : > 6 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo
  • विमानस्थलमै २१ दिनको मात्रै सिसिटिभी फुटेज ‘स्टोरेज’ 
  •  एकै समूहबाट १३८ किलो सुन तस्करी

२१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद तस्करीको १४ किलो सुन अनुसन्धानमा नागरिक उड्डयन प्राधिकरणले सहयोग नगरेको विमानस्थल भन्सार कार्यालयले आरोप लगाएको छ । २२ मंसिरदेखि अनुसन्धान थालेको भन्सारले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै तस्करीमा प्राधिकरणका कर्मचारीको समेत संलग्नता देखिएको, तर प्रमाण संकलनमा नसघाएको आरोप लगाएको हो । 

प्राधिकरणमा कार्यरत राधाकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला र शेरबहादुर बस्नेतको संलग्नता भन्सारको अनुसन्धानमा देखिएको थियो । उनीहरूसँगै अन्य पनि संलग्न रहेको आशंकापछि भन्सारले प्राधिकरणमातहतका अन्य कर्मचारीको पनि मोबाइल विवरण मागेको थियो । तर, प्राधिकरणले उनीहरूको मोबाइल विवरण उपलब्ध गराउन नमानेको अनुसन्धानमा संलग्न भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले बताए । 

उनले भने, ‘१४ किलो सुन तस्करीपछि अनुसन्धान समिति बन्यो । घटनामा प्राधिकरणकै कर्मचारी संलग्न रहेको खुल्यो । पाँच कर्मचारी पक्राउ परे । यही क्रममा प्राधिकरणमातहतका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने देखियो । यसका लागि मोबाइल फोन र त्यसमा रहेका विवरण अनुसन्धान गर्नुपर्ने भयो । सहजीकरण गरिदिन प्राधिकरणलाई भन्यौँ । तर, विवरण उपलब्ध गराइदिन प्राधिकरण राजी भएन ।’

तस्करी आरोपमा पक्राउ परेका राधाकृष्ण प्राधिकरणका वरिष्ठ सहायक हुन् । उनी ३४ वर्षदेखि प्राधिकरणमा कार्यरत छन् । सेवा सुरु गरेदेखि नै विमानस्थलमा कार्यरत उनी एसी (एयर कन्डिसन) मेकानिक हुन् । तस्करीमा उनको भूमिका भिआइपी शौचालयमा रहेको सुन चलाखीपूर्वक विमानस्थलबाहिर ल्याउनु रहेको अनुसन्धानमा खुलेको छ । त्यस्तै, १२ वर्षदेखि विमानस्थलमा कार्यरत अनिल पनि प्राधिकरणकै एसी मेकानिक हुन् । उनले पनि तस्करीको सुन सुरक्षित रूपमा विमानस्थलबाहिर पठाउन भूमिका खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । 

मणिराम पौडेल, प्रमुख भन्सार अधिकृत, 
त्रिभुवन विमानस्थल भन्सार कार्यालय

१४ किलो सुन तस्करीपछि अनुसन्धान समिति बन्यो । घटनामा प्राधिकरणकै कर्मचारी संलग्न रहेको खुल्यो । नभन्दै पाँच कर्मचारी पक्राउ परे । यही क्रममा प्राधिकरणमातहतका अन्य कर्मचारीमाथि पनि अनुसन्धान गर्नुपर्ने देखियो । यसका लागि मोबाइल फोन र त्यसमा रहेका विवरण अनुसन्धान गर्नुपर्ने भयो । सहजीकरण गर्न प्राधिरणलाई भन्यौँ । तर, उनीहरू विवरण उपलब्ध गराउन राजी भएनन् ।

लेकबहादुर विगत ३५ वर्षदेखि प्राधिकरणमातहत कार्यरत कर्मचारी हुन् । अपांगमैत्री शौचालयमा राखिएको सुन भिआइपी कक्षबाट ‘चेकिङ पोइन्ट’ छल्दै भिआइपी शौचालयसम्म पुर्‍याउने उनको काम थियो । रमेश पनि प्राधिकरणमातहतकै कर्मचारी हुन् । ४० वर्ष सेवा अवधि पूरा गरेर अवकाश भएका उनी सात वर्षअघि पुनः प्राधिकरणमै करारमा नियुक्त भएका थिए । विमानस्थलको पार्किङमा आएको सुन लगेर टोखास्थित दनबहादुर गुरुङलाई उपलब्ध गराउनु उनको खास काम थियो । प्लम्बर शेरबहादुर पनि प्राधिकरणले नै करारमा नियुक्त गरेका कर्मचारी हुन् । उनी तस्करीको सुन शौचालयमा आए–नआएको ‘रेकी’ गर्ने भूमिकामा रहेको अनुसन्धानमा खुलेको छ । 

पक्राउ अभियुक्तविरुद्ध सुनको अवैध चोरी पैठारी कसुरअन्तर्गत भन्सारले करिब १३ दिन अनुसन्धान ग¥यो । तर, भन्सारको अनुसन्धान प्राधिकरणको सामान्य कर्मचारीभन्दा माथिल्लो तहसम्म पुग्न सकेन । भन्सारका अनुसार राधाकृष्ण, अनिल, लेकबहादुर, रमेश र शेरबहादुर सम्मिलित तस्करको समूहले विमानस्थलबाट एकै तरिकाबाट एक सय ३८ किलो सुन तस्करी गरेको खुलेको छ ।

यति ठूलो परिमाणको सुन तस्करी सहायक, कार्यालय सहयोगी र सरसफाइमा संलग्न कर्मचारीको मात्रै मिलेमतोमा हुनै नसक्ने भन्सारको दाबी छ । अनुसन्धानमा संलग्न अधिकृतले भने, ‘यो समूहले एउटै तरिका अपनाएर एक सय ३८ किलो सुन तस्करी गरेको देखिन्छ । घटनामा सहायक तथा कार्यालय सहयोगीस्तरका मात्रै कर्मचारी पक्राउ परेका छन् । यति ठूलो परिमाणको सुन तस्करीमा यसस्तरका कर्मचारीको मात्रै मिलेमतो हुनै सक्दैन । त्यही भएरै हामीले प्राधिकरणका अन्य कर्मचारीको पनि मोबाइल विवरण माग गरेका हौँ । तर, उपलब्ध भएन ।’

४० वर्षे सेवाबाट अवकाश भएपछि पनि प्राधिकरणले उही कर्मचारीलाई पुनः करारमा नियुक्त गर्नु, एकै कर्मचारीलाई वर्षौँसम्म उही जिम्मेवारीमा एकै ठाउँ खटाउनु, उनीहरूलाई ‘अल एरिया पास’ उपलब्ध गराउनु शंकास्पद देखिएको पनि भन्सारको निष्कर्ष छ । त्यसैले उनीहरूलाई नियुक्त गर्ने र काममा खटाउने माथिल्लो तहका कर्मचारीको पनि तस्करीमा संलग्नता देखिने भन्सारको दाबी छ । अनुसन्धानमा आशातीत सहयोग नगर्ने प्राधिकरणको गतिविधिले घटनालाई अझ रहस्यमय बनाएको अनुसन्धानमा संलग्न अधिकारीले बताए । 

तर, नागरिक उड्डयन प्राधिकरणले भने भन्सारको दाबीलाई अस्वीकार गरेको छ । प्रवक्ता जगन्नाथ निरौलाले अनुसन्धानका लागि आवश्यक विवरण उपलब्ध गराउने विषयमा प्राधिकरणले सहयोग नगरेको प्रसंग जानकारीमा नभएको बताए । उनले भने, ‘सुन तस्करीसँग सम्बन्धित रहेर भन्सारले विमानस्थलस्थित भन्सारका कर्मचारीको मोबाइल फोन अनुसन्धान गर्न चाहेको र प्राधिकरणले उपलब्ध नगराएको जानकारी मलाई छैन । त्यस्तो त नहुनुपर्ने हो ।’ 

अब सिआइबीबाट थप अनुसन्धान 
१४ किलो सुन तस्करीको प्रतिवेदन सार्वजनिक गरेको भन्सार कार्यालयले अब थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट हुने जनाएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले १४ किलो सुनको बाँकी अनुसन्धान सिआइबीले गर्ने बताए । घटना संगठित प्रकृतिको भएको र गहिरिएर अनुसन्धान गर्नुपर्ने देखिएकाले सबै फाइल सिआइबीलाई जिम्मा लगाइने उनको भनाइ छ । 

‘कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर हामीले १३ दिन लगाएर अनुसन्धान ग¥यौँ । घटना संगठित प्रकृतिको देखिन्छ । त्यसैले थप अनुसन्धान गर्नुपर्छ । बाँकी अनुसन्धान अब सिआइबीले गर्नेछ । सबै फाइल हामी सिआइबीलाई नै हस्तान्तरण गर्छौँ,’ उनले भने । 

२१ दिनसम्म मात्रै सिसिटिभी फुटेज ‘स्टोरेज’ 
हुन्छ त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय विमानस्थल मुलुककै संवेदनशील क्षेत्रमध्येको एक हो । तर, सोही क्षेत्रमा जडित सिसि(क्लोज सर्किट)टिभी क्यामेराको ‘स्टोरेज’ क्षमता २१ दिनसम्म मात्रै रहेको खुलेको छ । १४ किलो सुन तस्करी घटनाको अनुसन्धान गर्न भन्सारले विमानस्थलस्थित प्रहरीसँग विगत तीन महिनादेखिको सिसिटिभी फुटेज मागेको थियो । तर, प्रहरीले २१ दिनको सिसिटिभि फुटेज मात्रै उपलब्ध गराएको थियो ।

 अनुसन्धानमा संलग्न प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘अनुसन्धानका लागि हामीले तीन महिनादेखिको सिसिटिभी फुटेज प्रहरीसँग माग्यौँ । तर, २१ दिनसम्मको मात्रै पायौँ । हामीलाई उपलब्ध क्यामेरामा तीन महिनासम्मको भिडियो ‘स्टोरेज’ नै नहुँदो रहेछ ।’

यसरी बाहिरिन्थ्यो विमानस्थलबाट सुन 
२१ मंसिरमा १४ किलो सुन तस्करी गर्ने समूहले नै पटक–पटक गरी एक सय ३८ किलो सुन नेपाल भिœयाएको भन्सारको अनुसन्धानमा खुलेको छ । उक्त सुन तस्करीमा नेपालतर्फ मुख्य व्यवस्थापकको भूमिकामा थिए, गोरखा बारपाक सुलिकोट गाउँपालिका– २ का मीनबहादुर घले । दुबईमा बस्ने भारतीय नागरिक अंकित अग्रवाल र गुरुसँग उनको सीधा सम्पर्क थियो । नेपालमा तस्करीको सुन ल्याउने र सुरक्षितसाथ भारत पु¥याउने विषयमा मीनबहादुरको अंकित र गुरुसँग नियमित गफ हुन्थ्यो । मीनबहादुरले उनीहरूलाई काम फत्ते गर्ने आश्वासन दिन्थे । त्यसबापत प्रतिटिप कम्तीमा १२ लाख रुपैयाँ बुझ्थे । 

सुन तस्करीका लागि उनले विमानस्थलमा सहयोगी डिबी भनिने दनबहादुर गुरुङमार्फत सेटिङ मिलाएका थिए । दुबईबाट नेपालको विमानस्थलसम्म सुन ल्याउने जिम्मा भने गोरखा बारपाक सुलिकोट गाउँपालिका– १ का चन्द्र घले र रुपन्देही तिलोत्तमा नगरपालिका– २ जानकीनगरका कृष्णकुमार श्रेष्ठलाई दिएका थिए । दुबई जान जहाजको टिकट र बस्न होटेलको प्रबन्ध उनैले मिलाउँथे । ह्वाट्स एपमार्फत ‘कोड’का लागि पाँच दिरामको फोटो दुवैको मोबाइलमा पठाउँथे । सोही फोटो उनले दुबईस्थित अंकित र गुरुलाई पनि ह्वाट्स एपमार्फत पठाउँथे । 

चन्द्र र कृष्ण दुबई पुग्थे । अंकित र गुरुलाई भेट्थे । मोबाइलमा रहेको पाँच दिरामको फोटो देखाउँथे । अंकित र गुरुले उक्त फोटो आफ्नो मोबाइको फोटोसँग जुधाउँथे । भेरिफाई भएपछि सुनको ज्याकेट उनीहरूलाई दिन्थे । जहाजमार्फत चन्द्र र कृष्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्थे । विमानस्थलको आगमन कक्ष प्रवेश गर्थे । सरासर कक्षमा रहेको शौचालय जान्थे । सुनको ज्याकेट खोल्थे । शौचालयभित्रको सफाइ गर्ने बाकसमा स्टोर गर्थे र उनीहरू सहजै बाहिरिन्थे । 

सुन आएको जानकारी डिबीले नागरिक उड्डयन प्राधिकरणका कर्मचारी रमेश देउलालाई गराउँथे । देउलाले सुन आएको यकिन गर्न प्राधिकरणकै शेरबहादुर बस्नेतलाई भन्थे । उनी शौचालय पुग्थे । सुन आएको यकिन गर्थे । यसको जानकारी रमेश र लेकबहादुर तामाङलाई गराउँथे । लेकबहादुर शौचालय जान्थे । बाकसभित्रको सुन राखिएको ज्याकेट लगाउँथे र भिआइपी कक्ष हुँदै अर्को शौचालय जान्थे । सुन भरिएको ज्याकेट खोल्थे । सुरक्षितसँग राख्थे र यसको जानकारी प्राधिकरणकै राधाकृष्ण श्रेष्ठलाई गराउँथे । 

राधाकृष्ण शौचालय पुग्थे । सुनको ज्याकेट लगाउँथे । अपत्कालीन ढोका हुँदै तेस्रो तलामा रहेको एसी मेन्टिनेन्स कक्ष पुग्थे । उनी कक्षबाट छत हुँदै अर्को आपत्कालीन सिँढीबाट तल झर्थे र अनिल श्रेष्ठलाई खबर गर्थे । अनिल हतपत आपत्कालीन ढोका पुग्थे । लगाइएको ताला खोल्थे । राधाकृष्णलाई बाहिर निकाल्थे । ढोका पुनः बन्द गर्थे र सुन लिएर विमानस्थलस्थित पार्किङ कक्ष पुग्थे । 

पार्किङमा उनीहरूको प्रतीक्षामा हुन्थे रमेश । राधाकृष्णले सुन रमेशलाई दिन्थे । रमेश सुन लिएर टोखास्थित डिबीको घर पुग्थे । सुन जिम्मा लगाएर फर्किन्थे । सुन आएको पक्का भएपछि मीनबहादुर डिबीको घर पुग्थे र सुन लिन्थे । दुवैको मिलेमतोमा भारतीय नागरिक जोन भनिने जीवनकुमार गुरुलाई बुझाउँथे । 

एक सय ३८ किलो सुन तस्करीका क्रममा मीनबहादुर सन् ०१४ यता ३६ पटक दुबई पुगेका छन् । चन्द्रबहादुर ०१७ यता ६० पटक दुबई पुगेका छन् । कृष्णकुमार भने ०१५ यता ६६ पटक दुबई पुगेका छन् । 

अभियुक्तको बयान 
लेकबहादुर तामाङ

म नागरिक उड्डयन प्राधिकरणमा ०४५ सालदेखि कार्यरत छु । ०४७ सालेखि उक्त प्राधिकरणको त्रिअवि कार्यालयमा खटिँदै आएको छु । मेरो मुख्य जिम्मेवारी सिफ्टअनुसार भिआइपी ढोका खोल्ने र बन्द गर्ने हो । साथै टर्मिनल ड्युटी अफिसका सिनियर सरहरूले लगाएको अन्य प्रशासनिक कामसमेत गर्छु । मैले एकपटकमा १४ किलोको दरले दुईपटकमा २८ किलो सुन अध्यागमन डेस्कनजिकको अपांगमैत्री शौचालयबाट निकालेर हाम्रै कार्यालयको पाँचौँ तहको एसी मेन्टिनेन्स गर्ने कर्मचारी राधकृष्ण श्रेष्ठलाई दिएको हुँ । यसबापत मलाई रमेश देउलाले ४० हजार रुपैयाँ दिएका हुन् । मलाई सूचना रमेश देउला र दनबहादुर गुरुङले दिने गर्छन् । उनीहरूले कुन मितिमा कुन एयरलाइन्सबाट कुन समयमा सुन आउँदै छ भन्ने जानकारी दिन्छन् । तर, ल्याउने व्यक्तिबारे मलाई थाहा छैन । 

शेरबहादुर बस्नेत 
रमेश देउलाले सामान आयो भनेपछि अध्यागमनतर्फको शौचालयसम्म सुन बोकी ल्याउने व्यक्ति आए–नआएको यकिन गर्न खटिएको थिएँ । मुद्दाका अभियुक्त कृष्णकुमार श्रेष्ठले सुन बोकी आउने र ट्वाइलेटमा राखेर जाने भन्ने सूचनाका आधारमा त्यहाँ आएको–नआएको हेर्न कुरेर बसेको हुँ । शौचालयको क्याबिनभित्र प्रवेश गरी निजले लिई आएको सुनलाई शौचालयको भित्रपट्टि रहेको लक गर्न मिल्ने ढोका खोली राख्दछन् भन्ने निजसँगै उक्त ढोकाको चाबीसमेत हुने भएकाले ढोका खोली सुन राखेर चाबी बन्द गरेर जान्छन् । उनी निस्किएपछि म उक्त एरियाबाट बाहिरिन्छु । टर्मिलन ड्युटी अधिकृत कर्मचारी लेकबहादुर तामाङ सोही शौचालय आई उक्त सुन राखेको ढोका खोली विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भिआइपी गेट खोली भिआइपी कक्ष हुँदै बाहिर निकाल्ने गर्छन् । यसबापत मैले १० हजार बुझ्छु ।

रमेश देउला 
बाह्य मुलुकबाट अवैध रूपमा विमानस्थलमा आउने गरेको सुन भन्सार छली तस्करी गरी लैजाने काम बानियाटार घर बताउने डिबी गुरुङ, राधाकृष्ण श्रेष्ठ, शेरबहादुर बस्नेत र लेकबहादुर तामाङ मिलेर गथ्र्यौँ । बरामद सुनको सम्बन्धमा डिबी गुरुङले सुन लिएर आउने यात्रुको दुबई फ्लाइट भइसकेपछि फोनमार्फत सुन आउने मलाई जानकारी हुन्थ्यो । त्यसपछि मैले राधाकृष्ण, लेकबहादुर र शेरबहादुरलाई सोही जानकारी दिन्थेँ । 

चन्द्र घले 
दुबईमा मलाई गुरु भन्ने भारतीय मूलका व्यक्तिले सुन तयार भएपछि फोन गरेर लोकेसन दिएर बोलाउने गर्छन् । उक्त लोकेसनमा पुगपछि मलाई कोही व्यक्ति लिन आउँछन् र मसित भएको पाँच दिराम टोकन दिएपछि उनीहरू उक्त टोकन भिडाएर मलाई सुन, सुन राख्ने ज्याकेट र मेरोे नाममा जारी भएको सुनको बिल दिएर पठाउँछन् । उक्त सुन बोकेर म आफू बस्ने होटेल आउने गर्छु । आफ्नो फ्लाइटको दिन उक्त सुन दुबईमा भन्सार तिरेर उक्त भन्सार तिरेको कागज, जहाज चढ्नुअघि च्यातेर ज्याकेटभित्र राखी नेपाल आउने गर्छु । म दुबईमा सुन आफूले ल्याएको ज्याकेटभित्र राखी बोर्डिङ पास जारी गर्ने क्षेत्रसम्म जान्छु । बोर्डिङ पास जारी भएपछि इमिग्रेसन क्षेत्रमा रहेको गोल्ड डिक्लेरेसन डेक्समा गएर उक्त परिमाणको सुनको मेरो नाममा जारी भएको बिल डिक्लेयर गरी झोलामा राखेर सेक्युरिटी चेकजाँच गरेर याुत्र प्रतीक्षा क्षेत्रमा गई पुनः शौचालयमा गएर आफूले लगाएको ज्याकेटभित्र राखी ल्याउने गर्छु । मेरो काम दुबईबाट सुन ल्याएर नेपालको विमानस्थलको आगमन क्षेत्रको अध्यागमन कार्यालयको शौचालयमा राहेको रातो डस्टबिनमा छोड्ने हो । सुन त्यहाँ छोड्न मीनबहादुुर घलेले भनेअनुसार गरेको हुँ । 

ad
ad