१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दृष्टिविहीन बालबालिकालाई सिटिजन्स बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१९:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनका दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले चितवनको रत्ननगरमा रहेको श्री झुवानी माध्यमिक विद्यालयका बालबालिकालाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको हो । 

बैंकले विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसँगको सहकार्यमा सहयोग प्रदान गरेको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप एक लाख रुपैयाँबराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।

सहयोग हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले दृष्टिविहीन तथा अन्य अपांगता भएका बालबालिकासँग पर्याप्त शैक्षिक सामग्री उपलब्ध नहुने र आवश्यक शैक्षिक सुविधाबाट वञ्चित हुने भएकाले ब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्री प्रदान गर्न पाउँदा सानै भए पनि सांकेतिक रूपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गरेको अनुभव भएको बताए । 

बैंकले हाल देशभरमा एक सय ९० शाखा,  एक सय ५१ एटिएम, तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइ मार्फत सेवा दिँदै आएको जनाएको छ । 

ad
ad