१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२६:oo

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा चौथो नेपाल फाइभ–पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । सात पुससम्म सञ्चालन हुने प्रदर्शनीमा एक सय ५० भन्दा बढी स्टल रहेका छन् ।

नेपाल फाइभ–पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार–व्यवसायलाई एकै ठाउँमा ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी भएको आयोजकको दाबी छ । उक्त प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ–संस्थाका प्रतिनिधि आदिले प्रदर्शनीमा आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ ।  

प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मेसिन, प्रिन्टिङ मेसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मेसिनरी, प्रिन्टिङ स्पेर पार्टस्, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेर पार्टस्, प्याकेजिङ मेसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकलगायतका संस्थाहरूको सहभागिता रहेको छ । एक्सपोले सप्लायर्स र उत्पादकलाई फाइदा पुर्‍याउनुका साथै समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउनुका साथै संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासलाई भित्र्याउने आयोजकले दाबी गरेका छन् ।

ad
ad