१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एपिएफ र कोशीको सानदार जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२७:oo

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार एपिएफ, बागमती, कोशी र लुम्बिनी प्रदेशले जित निकालेका छन् । मूलपानीको माथिल्लो मैदानमा एपिएफले बलियो सुदूरपश्चिमलाई नौ विकेटले हरायो । सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपिएफले १६.१ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । एपिएफकी ज्योति पाण्डेले अविजित ४९ रनको योगदान दिइन् । उनले ४८ बलमा नौ चौका प्रहार गरिन् । राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी इन्दु बर्मा ३१ रनमा अविजित रहिन् । ज्योति र इन्दुबीच दोस्रो विकेटका लागि ७५ रनको साझेदारी भएको थियो । 

सुदूरपश्चिमबाट ईश्वरी विष्टले एक मात्र विकेट लिइन् । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८७ रनको सामान्य योगफल खडा गर्‍यो । सुदूरपश्चिमकी कविता जोशीले २२ र सम्झना खड्काले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । एपिएफकी सोमु खड्काले दुई विकेट लिइन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दुले समान एक विकेट लिए ।  

बलियो साझेदारी 
कीर्तिपुरमा भएको खेलमा पहिलो ब्याटिङ गरेको बागमतीले २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनायो । मधेशले २० ओभर पाँच विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो । मधेशकी पूजा महतोले ३५ रन बनाइन् । अनुराधा चौधरीले २१ र प्रतिमा शाहले अविजित १५ रन जोडे । बागमतीका लागि कप्तान अस्मिना कर्माचार्यले दुई विकेट र मनीषा उपाध्यायले एक विकेट लिए । बागमतीकी यशोदा विष्टले अविजित ४७ रन बनाइन् । उनले ३९ बलमा ६ चौका हिर्काइन् । पाँचौँ विकेटका लागि यशोदा र अस्मिनाले अविजित ७२ रनको साझेदारी गरेका थिए ।  

कोशीले कर्णालीलाई १० विकेटले हरायो
मूलपानी मैदानमा भएको दोस्रो खेलमा कोशीले कर्णालीबाट सहज लक्ष्य पाएको थियो । कर्णालीले प्रस्तुत गरेको ३४ रनको लक्ष्य कोशीले ३.१ ओभरमा पूरा गरेको थियो । कोशीकी कप्तान रुविना क्षेत्रीले २५ र काजोल श्रेष्ठले अविजित ५ रन बनाए । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन बनाएको थियो । कर्णालीका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । कोशीकी अप्सरी वेगमले तीन विकेट लिइन् ।

 लुम्बिनी ४ विकेट पराजित
कीर्तिपुरमा भएको दोस्रो खेलमा गण्डकीले दिएको १०३ रनको लक्ष्य लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाउँदै पूरा ग¥यो । लुम्बिनीकी लक्ष्मी चौधरीले सर्वाधिक ४२ जोडिन् । कप्तान सरस्वती घर्तीमगरले १२ रनको योगदान गरिन् । गण्डकीकी सृष्टि जैसीले दुई विकेट हात पारिन् । टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा पाँच विकेट गुमाउँदै १०२ रन बनाएको थियो । 

ad
ad