मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Friday, 14 August, 2026
२o८o पौष ५ बिहीबार १९:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अबकाे एसइईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार १९:५५:oo

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बताएका छन्। 

नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। 

बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदै छ। यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ। 

कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनुपर्ने भन्दै शिक्षक एवं आमाबुवाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए।  

मार्गनिर्देशनमा नेसनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षरांक प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए। उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरे।  

कार्यक्रममा पूर्वपरीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेसनल प्याब्सनका केन्द्रीय सदस्य जिबी खड्कालगायतले कोभिडका कारण बिग्रिँदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिए।