१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : क्रिकेट अष्ट्रेलिया
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कमिन्सलाई उछिन्दै मिचेल स्टार्क बने आइपिएलकाे महँगा खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo

इन्डियन प्रिमियर कप (आइपिएल)को अक्सनमा मंगलबार बनेको रेकर्डलाई अस्ट्रेलियन क्रिकेटर मिचेल स्टार्कले आजै तोडेका छन्।

अस्ट्रेलियाली क्रिकेट टिमका क्याप्टेन प्याट कमिन्सले आइपिएलको सर्वाधिक महँगो खेलाडीको रेकर्ड बनाएको केही घन्टामै स्टार्कले यो रेकर्ड तोडेका हुन्।

कलकत्ता नाइट राइडर्सले स्टार्कलाई २५ करोड ७५ लाख भारुमा खरिद गरेको हो। कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा किनेको थियो।

२०२४ को आइपिएल अक्सनमा भारतबाट सर्वाधिक आठ सय ३० र विदेशी तीन सय ३६ खेलाडीले नाम दर्ता गराएका छन्।

ad
ad