Skip This
सिजी इन्टरटेनमेन्टले  ‘मनका कुरा विथ वसन्त चौधरी’  प्रसारण गर्दै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष २ सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २ सोमबार १६:५७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सिजी इन्टरटेनमेन्टले  ‘मनका कुरा विथ वसन्त चौधरी’  प्रसारण गर्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २ सोमबार १६:५७:oo

सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने भएको छ। 

विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले अब आफ्नो युट्युब च्यानल सुरु गर्न लागेको हो।

हरेक दिन केही न केही नयाँ खुराक प्रस्तुत गर्ने योजनाअनुसार यही डिसेम्बर २२ देखि हरेक शुक्रबार साँझ ८ बजे वसन्त चौधरीले प्रस्तुत गर्ने कार्यक्रम ‘मनका कुरा विथ वसन्त चौधरी’ नियमित प्रसारण हुने बताइएको छ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूसँग अन्तरंग कुराकानी प्रस्तुत हुनेछ। सो कार्यक्रम उत्पादन गर्नका लागि सिजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापनासमेत गरिसकेको संस्थाका सह–अध्यक्ष हरिहर शर्माले जानकारी दिए।

हाल ‘मनका कुरा विथ वसन्त चौधरी’ उत्पादन र प्रसारण गर्न लागेको सिजी इन्टरटेनमेन्टले आगामी जनवरीदेखि अन्य कार्यक्रम पनि सुरु गर्ने तयारी गरेको  बताएको छ।