१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका जानकी (बाँके)
२o८१ बैशाख १७ सोमबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जानकी (बाँके)
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:४६:oo

बाँकेको कोहलपुरमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे.१च ३४०७ नम्बरको जिपले ठक्कर दिँदा ड्युटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो । 

जिपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकाेप्टरमा काठमाडौं लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डाँगीले जानकारी दिए ।

गएराति पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डि्युटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जिपले ठक्कर दिएको हो। घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जिपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएका जिपका चालक दाङको घोराही उपमहानगरपालिका– ११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर– २ बाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad
ad