१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

महासमिति बैठकको खाका बनाउँदै कांग्रेस महामन्त्रीद्वय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५२:oo

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गरिने एजेन्डाको संयुक्त खाका प्रस्तुत गर्ने भएका छन् । महामन्त्रीद्वयले बिहीबार काठमाडौंमा छलफल गरी थापाको जिम्मेवारीमा रहेको सांगठनिक प्रस्ताव र शर्माको जिम्मेवारीमा रहेको समसामयिक राजनीतिक प्रस्तावको खाका तयार गरेका हुन् । 

सभापति शेरबहादुर देउवाले महासमिति बैठक सार्ने तयारी गरेका खबर आइरहेका वेला महामन्त्रीद्वयले महासमिति बैठक निर्धारित मितिमा गर्न दबाब दिन लागेका हुन् । स्रोतका अनुसार १६ पुसबाट नीति अधिवेशनसमेत गर्ने गरी हुन लागेको महासमिति बैठकमा ०८२ मा महाधिवेशन सुनिश्चित हुने गरी प्रस्ताव तयार गरिएको छ । महासमिति बैठक नीति अधिवेशनसमेत गर्ने गरी १६ देखि १९ पुससम्म गोदावरीमा गर्ने तय छ ।

स्रोतका अनुसार दुवैले प्रस्तावमा निर्वाचनपूर्व गठबन्धन नगर्नेसहित यसअघि महामन्त्रीद्वयले प्रस्ताव गर्दै आएका पार्टी रूपान्तरणका विषय समेटेर ठोस दस्तावेज र दृष्टिकोण दिने तयारी गरेका छन् । ८ असोजमा कांग्रेसले गरेको केन्द्रीय समिति बैठकले महासमिति बैठकले तयारीका लागि सभापति शेरबहादुर देउवाको संयोजकत्वमा तयारी समिति गठन गरेको थियो । समितिमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं उपत्यकाका तीनै जिल्लाका सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्ष रहने गरी मूल तयारी समिति गठन गरेको छ । 

सोही बैठकले नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, सांगठनिक प्रतिवेदनको जिम्मा महामन्त्री थापा र समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तावको जिम्मा महामन्त्री शर्माले प्रस्तुत गर्ने निर्णय गरेको थियो । 

ad
ad