१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढुंगा, गिटीको अवैध दोहनमा प्रयोग गरिएका ५६ ट्रक–टिपर जफत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o७:oo

कास्कीमा ढुंगा, गिटीको अवैध दोहनमा प्रयोग गरिएका ५६ ट्रक, टिपर र ट्र्याक्टर जफत गरिएको छ । कास्कीका विभिन्न स्थानमा नदीजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खनन गरी फर्जी बिलसमेत बनाएर चोरी–निकासी भएको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

ढुंगा, गिटी, बालुवा ओसारपसार गर्दा भ्याटबिल नभएका, कागजपत्र नभएका, फर्जी बिल बनाएको पाइएको उनले बताए । प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई थप कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको छ ।

अब बिलमा मिति र समय अनिवार्य
पोखरा महानगरपालिकाले बुधबारदेखि नदीजन्य पदार्थ ओसारपसार गर्दा अनिवार्य रूपमा भ्याटबिल र बिलमा समयसँगै सवारीसाधन नम्बर उल्लेख गर्नुपर्ने भनेको छ । महानगरका प्रशासन शाखा प्रमुखसमेत रहेका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार यो व्यवस्था बुधबारबाट लागू हुनेछ।

एउटा बिल काटेर दिनभर सोही बिल देखाएर पटक–पटक नदीजन्य पदार्थ ओसारपसार हुन सक्ने भएकाले बिलमा समय उल्लेख गर्नुपर्ने र समय उल्लेख नगरे कारबाही प्रक्रिया अघि बढाइने तिवारीले बताए । महानगरसँग ठेक्का सम्झौता भएका घाटबाट क्रसर उद्योगसम्म नदीजन्य पदार्थ ढुवानी गर्दा महानगरबाट जारी भएका कार्यदिशा र चलानी पुर्जी अनिवार्य साथमा राख्नुपर्नेछ ।

क्रसरले ढुंगा, गिटी बिक्री गर्दा अनिवार्य रूपमा बिल जारी गर्नुपर्ने, ५० लाखसम्म वार्षिक कारोबार गर्ने डिपोबाट प्यान र सोभन्दा माथिको कारोबार गर्नेले भ्याटबिल जारी गर्नुपर्ने तिवारीले जानकारी दिए ।

ad
ad