१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० मङ्सिर २७ बुधबार ०७:०९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतसँग नेपाल १० विकेटले पराजित

भारतविरुद्धको खेलमा नेपाल २२.१ ओभरमा ५७ रनमै समेटियो, भारतले केवल ७.१ ओभरमा एक विकेट पनि नगुमाई सानदार जित निकाल्यो

Read Time : > 1 मिनेट
२०८० मङ्सिर २७ बुधबार ०७:०९:००

एसिसी यू– १९ एसिया कप क्रिकेट प्रतियोतिगामा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । समूह ‘ए’मा लगातार तीन खेल गुमाएको नेपाल अंकविहीन हुँदै घर फर्किएको छ । यसअघि नेपाल पाकिस्तान र अफगानिस्तानसँग पनि खराब हारको सामना गरेको थियो । भारतविरुद्ध खेल्नुअघि नै नेपाल सेमिफाइनल दौडबाट बाहिरिसकेको थियो । युएईको आइसिसी एकेडेमी २ मा भारतविरुद्धको खेल नेपालको नजरमा केवल औपचारिकता मात्र थियो । 

पहिलो ब्याटिङ गरेको नेपाली ब्याट्सम्यानले इनिङ्सको कुनै पनि समयमा भारतलाई चुनौती दिन सकेनन् । ब्याटिङमा बिर्सनलायक प्रदर्शन गरेको नेपाली खेलाडीले भारतका एक विकेट पनि हात पार्न सकेनन् । भारतका सिमरराज लिम्बानीको घातक बलिङ सामना गर्न नसकेको नेपाल केवल २२.१ ओभरमा ५२ रनमै समेटिएको थियो । नेपालको ब्याटिङ रनरेट २.३४ रह्यो । भारतले विनाविकेट क्षति ७.१ ओभरमा ५७ रन बनाएको थियो । 

भारतका लागि ओपनरद्वय आदर्श सिंहले १३ रन तथा अर्सिन कुलकर्णीले ४३ रनको अविजित योगदान दिए । सिंहले १३ बलमा दुई चौका प्रहार गरी ४३ रन बनाए । कुलकर्णीले ३० बलमा पाँच छक्का र एक चौका प्रहार गरेका थिए । नेपालका कप्तान देव खनालले तीन बल प्रयोग गरे । राष्ट्रिय टोलीका सदस्यसमेत रहेका गुल्सन झाले चार ओभरमा ३३ रन खर्चे । हेमन्त धामीले दुई ओभरमा १२ रन दिए । आकाश चन्दले १.१ ओभरमा १२ रन खर्चेका थिए ।

राज एक्लैले लिए सात विकेट
भारतको सानदार जितमा सिमर बलराज लिम्बानीले कसिलोसँगै घातक बलिङ गरेका थिए । उनले केवल ९.१ ओभरमा १३ रन खर्चेर नेपालका सात ब्याट्सम्यानलाई आउट पारे । उनले आफ्नो स्पेलमा तीन मेडन ओभर पनि गरेका थिए । राजले इनिङ्सको ४.१ ओभरमा नेपालका दीपक बोहराले पहिलो विकेट लिएका थिए । उनले ८.५ र ८.६ ओभरमा लगातार दुई विकेट हात पारे । यसै ओभरमा नेपालले कप्तान देवलाई गुमाएको थियो । राजले नेपालको शीर्ष तथा मध्यक्रम ब्याटिङ ध्वस्त बनाए । भारतका लागि कुलकर्णीले दुई ओभरमा सात रन खर्चँदै एक विकेट लिए । सौम्य पाण्डेले दुई ओभरमा एक मेडन राखी एक रन मात्र दिए । 

नेपालको ब्याटिङमा सर्वाधिक रन नै अतिरिक्त
टेस्ट मान्यतप्राप्त भारतको यू– १९ टोलीविरुद्ध नेपाली ब्याट्सम्यान निरीह साबित भए । इनिङ्सको कुनै पनि समयमा नेपालका ब्याट्सम्यानले भारतीय बलरलाई चुनौती प्रस्तुत गर्न सकेनन् । प्रतियोगितामा सहभागी हुनुअघि नेपालका कप्तान देवले टेस्ट राष्ट्रविरुद्ध उत्कृष्ट प्रदर्शन गरी सेमिफानल स्थान बनाउने लक्ष्य रहेको प्रतिक्रिया दिएका थिए । तर, भारत, पाकिस्तान र अफगानिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीले गतिलो ब्याटिङ प्रदर्शनगर्न सकेनन् । 

ब्याटिङमै मुख्य समस्या देखिएपछि नेपालका कुनै पनि ब्याट्सम्यानले भारतसँगको खेलमा दोहोरो रन नै बनाएनन् । नेपालको कमजार ब्याटिङमा सर्वाधिक रन नै अतिरिक्तबाट आएको थियो । भारतले नेपाललाई १३ अतिरिक्त रन दिएको थियो । जसमा १२ सर्वाधिक वाइड रह्यो । नेपालका लागि पुछारका हेमन्त धामीले सर्वाधिक आठ रनको योगदान दिए । उनले १८ बलमा एक चौका प्रहार गरेका थिए । दोस्रो ओपनर अर्जुन कुमालले २२ बल खेली सात रन जोडे । उनले एक चौका प्रहार गरे । 

उत्तम मगर र दीपक डुम्रे शून्य रनमा आउट भए । ओपनर दीपक बोहराले ११ बल खेली एक रन मात्र बटुले । नेपालको ब्याटिङमा आकाश चन्द मात्र चार रनमा नटआउट रहे । नेपालको इनिङ्समा तीन चौका मात्र प्रहार भएको थियो । नेपालका सात ब्याट्सम्याना क्याच आउट भए । भारतीय बलर राजले एकनासले लाइनमा बलिङ गर्दा नेपालका ब्याट्सम्यान पटक–पटक विट भइरहेका थिए । सबैजसो ब्याट्सम्यानले नराम्रा सट खेलेका थिए । यस समूहबाट पाकिस्तान समूह विजेता र भारत उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।