१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २४ आइतबार १३:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक, काराेबार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १३:o५:oo

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि आज आइतबार सेयर बजारमा तेस्रोपटक सर्किट ब्रेक लागेको छ। तेस्रोपटक सर्किट ब्रेक लाग्दा सेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको छ। 

आज बजार खुलेको पाँच मिनेटमै चार प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो। ११ बजेर २५ मिनेटमा खुलेको बजार दुई मिनेटमै पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो।

त्यसपछि फेरि १२ बजेर सात मिनेटमा खुलेको बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार भन्द भएको हो।

योसँगै आज नेप्से १११.२० अंकले बढेर १९६३.९८ विन्दुमा पुगेको छ। आज नाै मिनेटको कारोबारमा १३ लाख कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख रुपैयाँमा कारोबार भएको छ। 

सेयर धितोमा जाने कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट झारेर एक सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएको हो।

आज बिमा, होटेल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, हाइड्रोपावर, व्यापार, फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ। 

आज रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम् पावर र कालिञ्चोक दर्शनको सेयर १० प्रतिशतले बढेको छ।