मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमानस्थलबाट साढे ६ किलो सुनसहित इजिप्टका नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:५७:oo

१४ केजी सुन बरामद भएको ४८ घन्टा नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः साढे ६ किलो सुन बरामद भएको छ । 

फ्लाई दुबईको एफजेड ५७३ विमानबाट शनिबार राति पौने एक बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका इजिप्टका नागरिकको साथबाट प्रहरीले ६ किलो पाँच सय ६५ ग्राम सुन बरामद गरेको हो । 

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दका अनुसार भन्सार एरिया क्रस भएपछि प्रहरीले उनलाई सुनसहित पक्राउ गरेको हो । 

‘आजराति पौने एक बजे फ्लाई दुबईको एफजेड ५७३ फ्लाइटबाट आएका सेरिफ मोहम्मद लेसिन नाम गरेका इजिप्टका नागरिकलाई ६ किलो पाँच सय ६५ ग्राम सुनसहित पक्राउ गरेका छौँ,’ डिआइजी चन्दले नयाँ पत्रिकासँग भने, ‘उनीसँगै रहेका अन्य दुई सुडानी नागरिकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’ 

भन्सार एरिया क्रस गरिसकेपछि प्रहरीले सुनसहित इजिप्टका नागरिकलाई नियन्त्रणमा लिएको हो ।