१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ठगी आरोपमा वडासदस्यसहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३६:oo

ठगी आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका– ६ का सदस्यसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । 

आरोपीहरूले फेवाताल किनारको फुट–ट्र्याकमा फोटोग्राफी व्यवसाय गर्ने व्यवस्था मिलाइदिन्छु भन्दै १५ जनाबाट प्रतिव्यक्ति १३ हजार रुपैयाँ लिएको भनी पीडितहरूले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।