Skip This
विमानस्थलमा बरामद वस्तु विशुद्ध सुन भएको प्रयोगशाला रिपोर्ट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विमानस्थलमा बरामद वस्तु विशुद्ध सुन भएको प्रयोगशाला रिपोर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १८:२o:oo

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति बरामद गरेको धातु विशुद्ध सुन नै भएको पुष्टि भएको छ।

प्रयोगशालामा ती धातु परीक्षण गर्दा विशुद्ध सुन नै भएको पुष्टि भएको भन्सार विभागले जनाएको हाे।

कार्यालयले दुबईबाट आएका गोरखाका चन्द्र घलेकाे साथबाट पहेँलो धातु बरामद गरी शुक्रबार दिउँसो प्रयोगशाला परीक्षणका लागि विभाग पठाएको थियो। ‘इडिएक्स उपकरणका माध्यमले परीक्षण गर्दा सबै मालवस्तुहरू विशुद्ध सुन भएको पाइयो,’ विभागको प्रयोगशाला रिपाेर्टमा उल्लेख छ।

यो रिपाेर्टसहितको प्रतिवेदन विभागले भन्सार कार्यालयलाई पठाएको छ।