१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका– ३ मा  भिरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ३ की अन्दाजी  ३७ वर्षीया धर्मा विष्ट  रहेकी छिन् ।  गाउँनजिकै रहेको बडाला, देउपानी मेलामा घाँस काट्न गएको वेला  माथिबाट  खसेको ढुंगा लागेर मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष  जंगवीर रोकायाले जानकारी दिए । 

ढुंगा लागेर घाइते भएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लेजाँदै गर्दा बाटोमै मृत्यु भएको अध्यक्ष रोकायाले बताए ।