१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गाेल गरेपछि खुसी मनाउँदै पोखरा थन्डर्सका खेलाडी ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

शीर्ष स्थानमा उक्लियो पोखरा थन्डर्स, स्पोर्टिङ इलाम १ - ० ले निराश

नेपाल सुपर लिग २०२३

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o७:oo

स्पोर्टिङ इलामलाई हराउँदै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको शीर्ष स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा आज भएको खेलमा पोखरा थन्डर्सले इलामलाई १–० गोलले हराउँदै महत्त्वपूर्ण तीन अंक बटुल्यो र चार खेलको समाप्तिमा आठ अंकसहित शीर्ष स्थानमा उक्लियो। चारै खेल खेलेको स्पोर्टिङ इलाम भने तीन अंकसहित छैटौँ स्थानमै रह्यो।

पोखरा थन्डर्सको जितमा सञ्जीव विष्ट नायक रहे। दोस्रो हाफको सुरुवातमै (४७औँ मिनेटमा) उनले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो। 

दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले प्रहार गरेको बल इलामका खेलाडीले क्लियर गर्न नसकेपछि सञ्जीवले प्राप्त गरेका थिए। प्राप्त मौकालाई खेर जान नदिई उनले वान टचमा बललाई जाली चुमाइदिए।

त्यसअघि पहिलो हाफमा इलामले केही राम्रो अवसर सिर्जना गरेका पनि फिनिसिङमा चुक्दा अंक गुमाउन बाध्य भयो। दोस्रो हाफमा भने पोखरा हाबी भएको थियो। 

गोल निस्कनुभन्दा एक मिनेटअघि पनि पोखराले कडा प्रहार गरेको थियो। मोसेसको प्रहार इलामका गोलकिपर विकेश कुथुलाई विट गर्दै अघि बढे पनि फर्स्ट बारमा लागेर फर्किएको थियो। 

प्लेयर अफ दी म्याच घोषित पोखरा थन्डर्सका सञ्जीव विष्ट ।