१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नयाँ पत्रिका
Invalid date format १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजियाटाकाे सिइओलाई अर्थ समितिको छलफलमा बाेलाउनुपर्छ : स्वर्णिम वाग्ले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format १२:२९:oo

संसद्को अर्थ समितिका सांसद स्वर्णिम वाग्लेले समितिकाे बैठकमा आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक सुदलाई छलफलमा बोलाउन माग गरेका छन्। 

सांसद विराजभक्त माथेमा र उनले समितिका सभापतिसमक्ष सिइओसहितको बैठक डाक्न आग्रह गरेका हुन्।

अर्थ समितिमा सांसद स्वर्णिम वाग्लेले भने, ‘आजियाटा कम्पनीको सिइओलाई नै अर्थ समितिले पत्र काटोस्। विवेक सुदले नेपालको बढ्दो चुनौतीको हवाला दिँदै बाहिरिनुको कारण दिएका छन्। माननीय विराजभक्त माथेमा र मैले यहीँ समितिमा आमन्त्रण गर्नुपर्ने माग राखेका छौँ।’

अर्थ मन्त्रालयको अगुवाइमा लगानी सम्मेलन हुँदै गरेको अवस्थामा नेपालमा भित्रिएको ठूलामध्येको एक एनसेलले धारेहात लगाएर बाहिरिनुले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पर्ने असरलाई ध्यानमा राख्दै सुदलाई समितिमै बोलाएर छलफल गर्नुपर्ने उनको भनाइ छ। 

उनले भने, ‘लामो समयदेखि एनसेलबाट नेपालका प्रमुख अधिकारी र प्रशासकलाई लाभ लिँदै आइरहेका छन् । एनसेलले नेताका कस–कसलाई लाभ दियो, विदेश घुमायो सामाजिक सञ्जालमा जगजाहेर नै छ।’

उनले सेयर खरिद सम्झौताको प्रावधान अपत्यारिला रहेकोसमेत उल्लेख गरे । उनले भने, ‘लाइसेन्स प्रणाली, कर प्रणाली र नियमावलीका बाझिएका प्रावधान हेर्नुपर्छ। ग्रे एरिया राखिएको छ, भ्रष्टाचारका लागि।’

उनले एनसेल कर छली प्रकरणमा नेपालका अदालतमा समेत प्रभाव पारिएकाले अन्तर्राष्ट्रिय निकायमा मुद्दा पुग्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले भने, ‘हाम्रो अदालतलाई प्रभावमा पारियो जसले अन्तर्राष्ट्रिय तहमा यसको छिनोफानो गर्नुपर्‍यो । जसको रेपुटेसनल कस्ट निकै महँगाे भो। नेपाल भन्ने देश त छिर्नैहुन्न जस्तो बनाइयो।’ 
 
वाग्लेले एनसेलले दूरसञ्चार प्राधिकरणलाई बुझाएको जवाफको पत्र नै संसदमा पेस गर्न माग राखेका छन्। उनले ‘आजियाटाले दायित्व पन्छाइएको भनिएको छ, लाभ मात्रै लिने गरी’ सम्झौता गरेकाले एनसेलको डिल शंकास्पद रहेको उल्लेख गरे। उनले समितिको बैठकमा अर्थमन्त्री, सम्बन्धित निकायका पदाधिकारी र आजियाटाका प्रमुख कार्यकारीसहितको छलफल बोलाउन आग्रह गरेका छन्।