Skip This
एनसेल सेयर बिक्रीको गम्भीरतापूर्वक छानबिनमा सत्तागठबन्धनको जाेड, छानबिन गर्न प्रधानमन्त्री प्रतिबद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
तस्बिर : रासस ।
प्रेम गौतम काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनसेल सेयर बिक्रीको गम्भीरतापूर्वक छानबिनमा सत्तागठबन्धनको जाेड, छानबिन गर्न प्रधानमन्त्री प्रतिबद्ध

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार २o:o८:oo

सत्तारुढ गठबन्धनले एनसेल प्रकरणमा गम्भीरतापूर्वक छानबिन गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले विस्तृत अध्ययन र छानबिन गरेर निष्कर्षका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको हो। बैठकमा गठबन्धन दलका शीर्ष नेताहरूका साथै गृहमन्त्री, अर्थमन्त्रीलगायत सहभागी थिए।  

बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर अनुसन्धान गरेर निष्कर्षका आधारमा अगाडि बढ्ने बताएका थिए। ‘यो प्रकरणलाई छोडिन्नँ, गम्भीरतापूर्वक लिइन्छ। देश र जनताको अधिकतम हितमा केन्द्रित रहेर निष्कर्षमा पुर्‍याइन्छ। अध्ययन, छानबिन गरिन्छ। यसमा सरकारले कुनै पनि मोलाहिजा गर्दैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने।

विज्ञहरूको बलियो टिम बनाएर छानबिन गर्ने प्रस्ताव प्रधानमन्त्रीको थियो। ‘प्रधानमन्त्रीले कोप सम्मेलनबाट फर्किनेबित्तिकै सम्बन्धित निकायसँग छलफल गर्नुभएको थियो। भोलिपल्ट पनि छलफल गर्नुभयो। सम्पादकहरूसँगको बैठकमा पनि सैद्धान्तिक कुरा प्रस्टसँग राख्नुभयो। अध्ययन गरिन्छ, अध्ययनको निष्कर्षअनुसार गइन्छ, छोडिन्नँ भन्ने कुरा प्रधानमन्त्रीले आज गठबन्धनको बैठकमा पनि स्पष्ट राख्नुभएको छ,’ सापकोटाले भने। 

प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा गठबन्धन दलका सबै नेताहरूले समर्थन जनाएका छन्। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत उपस्थित थिए। 

‘गठबन्धनका सबै नेताहरूका बीचमा उच्च समझदारी र एकरूपता देखिएको छ,’ बैठकमा सहभागी सापकोटाले भने, ‘सत्तारुढ गठबन्धनले यो विषयलाई धेरै गम्भीरतापूर्वक लिएको छ।’