१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा सशस्त्र प्रहरीलाई तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा मंगलबारदेखि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूका लागि विशेष क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतिविद्रोह तालिम सुरु भएको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत जनशक्तिको पेसागत दक्षता अभिवृद्धिका लागि नेपाली सेनाका विभिन्न शिक्षण संस्थाहरूमा विगतदेखि नै तालिम उपलब्ध हुँदै आएकोमा जंगल वारफेयर शिक्षालयमा पनि तालिम सुरु भएको हो।

तालिममा प्रतिविद्रोह, प्रतिआतंकवाद, मनोवैज्ञानिक कारबाही, इन्टेलिजेन्स तथा सहरी एवं ग्रामीण ट्याक्टिकल अप्रेसनलगायतका विषयहरूमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिने सेनाले जनाएको छ। तालिम माघ ४ गतेसम्म सञ्चालन हुनेछ। तालिममा अधिकृत– १०, जुनियर अधिकृत– १२ तथा बिल्लादारहरू– १३ गरी जम्मा ३५ जना सशस्त्र प्रहरीहरू सहभागी छन्।

‘कानुन कार्यान्वयन गर्ने निकायहरूको व्यावसायिक क्षमता बढाउन एवं ती निकायहरूसँग आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीलगायत विपत् व्यवस्थापन र महामारीका समयमा संयुक्त रूपमा परिचालित भई सञ्चालन गरिने कारबाहीको दौरान यस प्रकारका तालिमले सहयोग पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।