१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

समयमै बिमा क्षतिको प्रतिवेदन तयार गर्न प्राधिकरणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२६:oo

 नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनी र बिमा सर्भेयर एक–अर्काका परिपूरक भएकाले दुवै संस्थाले सानातिना समस्या समाधान गर्दै विश्वसनीय ढंगले काम गर्नुपर्ने बताएका छन् ।प्राधिकरण काठमाडौंमा आयोजित नेपाल बिमक संघ र नेपाल बिमा सर्भेयर संघसँगको अन्तर्क्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘दुवै संघले एकले अर्कालाई बुझ्नुपर्छ, सानातिना समस्या समयमै समाधान गर्नुपर्छ, विद्यमान कानुनअनुसार काम गर्नुपर्छ, बिमा क्षेत्रलाई अघि बढाउन संयुक्त रूपमा अघि बढ्नुपर्छ,’ उनले बताए ।

त्यस्तै, उनले बिमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन्, त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेस गर्न निर्देशन दिए । ‘बिमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, दुवै संघले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा सर्भेयरको फी तय गर्नुपर्छ, विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषय बिमकहरूले बुझ्नुपर्छ,’ उनले भने, ‘दुवै संघका पदाधिकारीले नयाँ काम गर्नुपर्‍यो, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्‍यो, गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्‍यो, कुन बिमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ, त्यो थाहा हुने गरी डिजिटल फ्रेमवर्कमा जोडिनुपर्‍यो, बिमक र सर्भेयरको कारणले दाबी फस्र्योटमा ढिलाइ भयो भन्ने गुनासा आउनुभएन ।’

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बिमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फी भुक्तानी गर्नुपर्ने बताए ।नेपाल बिमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मीले बिमितको हकहित सुरक्षित हुने गरी बिमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरे भने नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा सर्भेयरको संख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बिमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औँल्याए ।