१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

पर्साको वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ।

काठमाडौंस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठवटा कन्टेनरमध्ये दुईवटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो।

गत अक्टोबर १९ तारिकमा दुबई हुँदै विशाखापटम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठवटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर इएससियू २००२२०६ र इएससियू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगन्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए।

उनका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी रु. १३ लाख ४२ हजार रहेको उनको  भनाइ थियो।

सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराए।

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि जाँचपासका लागि सो कन्टेनर सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा अड्किएको थियो। 

यता उक्त कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको उक्त घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताए।