१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Friday, 09 May, 2025
कराँची
२o८o मङ्सिर १६ शनिबार o७:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पाकिस्तानको छनोट कमिटीमा सलमान बट 

Read Time : < 1 मिनेट
कराँची
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार o७:५१:oo

सन् २०१० को स्पट फिक्सिङमा दोषी ठहरिएका पूर्वक्रिकेट सलमान बटलाई पिसिबीले छनोट कमिटीका अध्यक्षको प्रमुख सल्लाहकारमा नियुक्त गरेको छ

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले अन्तर्राष्ट्रिय क्रिकेटमा स्पट फिक्सिङ गरी पाँच वर्ष जेल सजाय भोगेका सलमान बटलाई छनोट कमिटीको सल्लाहकारमा नियुक्त गरेको छ । छनोट कमिटीका प्रमुख वहाव रियाजको प्रमुख सल्लाहकारका रूपमा सलमानलाई जिम्मेवारी दिएको पिसिबीले जनाएको छ । पिसिबीले कमिटीमा पूर्वविकेटकिपर कमरान अकमल र राव इफिखारलाई पनि सल्लाहकारका रूपमा चयन गरेको छ । 

सलमानले पाकिस्तानका लागि ३३ टेस्टमा एक हजार आठ सय ८९ रन बनाएका थिए । उनले ७८ एकदिवसीय खेलमा दुई हजार सात सय २५ रन जोडे । यसैगरी, अन्तर्राष्ट्रिय टी–२० मा उनले पाँच सय ९५ रन बटुलेका थिए । इन्डियन प्रिमियर लिगमा उनले कोलकाता नाइट राइडर्सबाट सात खेल खेल्दा एक सय ९३ रन जोडेका थिए । 

सन् २०१० को लर्ड्स टेस्टमा स्पट फिक्सिङ काण्ड
सन् २०१० को सिजनमा सलमान उत्कृष्ट लयमा ब्याटिङ गरिरहेका थिए । यसै समयमा पाकिस्तानले इंग्ल्यान्डको भ्रमण गरेको थियो । लर्ड्स टेस्टमा उनले सट्टेबाज र बुकीसँग मिलेर ‘स्पट फिक्सिङ’ गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र पिसिबीको अनुसन्धानमा सलमान नै स्पट फिक्सिङमा संलग्न प्रमुख खेलाडीका रूपमा दोषी देखिए । अनुसन्धानका क्रममा तत्काल मोहमद आमिर र मोहमद आसिफसमेत फिक्सिङमा समावेश थिए । यद्यपि, सलमानलाई नै मुख्य दोषी मानिएको थियो । आइसिसीले उनलाई क्रिकेटको कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी पाँच वर्ष प्रतिबन्ध लगायो । सन् २०१५ मा प्रतिबन्ध फुकुवा भएपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाए ।