१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

थप चार उच्च इजलासमा श्रव्यदृश्यमार्फत सुनुवाइ आरम्भ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

थप चार उच्च अदालतका इजलासमा श्रव्यदृश्यमार्फत मुद्दाको सुनुवाइ आरम्भ भएको छ।

बिहीबार जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा उच्च अदालतका इजलासमा श्रव्यदृश्यमार्फत सुनुवाइ सुरु भएको हो। यससँगै कुल ६ वटा उच्च इजलासमा अनलाइन–भिडियो बहस सुरुवात भएको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जानकारी दिए।

सर्वोच्चमा पहिलेदेखि श्रव्यदृश्यमार्फत सुनुवाइ हुँदै आएको छ। ‘यसअघि दिपायल र इलाम उच्च अदालतमा सुरुवात गरेका थियौँ। त्यहाँ जेल र अधिवक्तासँग पनि भिडियो बहस जोडिएको छ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।

श्रेष्ठका अनुसार सुनुवाइ भइरहेको जानकारी थुनुवा वा कैदीले पनि हेर्न पाउँछन्। ‘आफ्नो कुरा आफ्नो वकिलले कसरी इजलासमा राखिरहेको छ भन्ने थुनामा रहेको व्यक्तिले पनि हेर्न पाउँछ,’ उक्त सेवाबारे जानकारी दिँदै श्रेष्ठले भने, ‘पक्राउ अनुमति, जरुरी पक्राउ पुर्जी, बकपत्र, बहस–पैरवीलगायत सात कुरा भिडियोबाटै गरिनेछ।’

यसैगरी पेसी तारेख अटोमेसन पुस पहिलो सातासम्म सबै उच्च अदालतमा लागू गराउने योजना रहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए। पेसी तारेख अटोमेसन अहिले सर्वोच्चमा मात्र छ।