१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी गरिरहेका दुई ट्रयाक्टर प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

कञ्चनपुरको उत्तरी क्षेत्र बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। कृष्णपुर नगरपालिका– १ बन्डखोलाबाट अवैध रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । वाणी प्रहरी चौकी र अस्थायी प्रहरी बिट पहरियाको टोलीले अवैध रूपमा बन्डखोला दोहन गरेर नदीजन्य पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ट्रलीसहित दुवै ट्रयाक्टर नियन्त्रणमा लिएको जनाइएको छ । 

वाणी प्रहरीका अनुसार से.१त ९८०५ र से.१त ६४७६ सातादेखि प्रहरीको नियन्त्रणमा छन्। दुवै ट्रयाक्टर खोलामा हालेर बालुवा चोर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले ति दुवै ट्रयाक्टर वाणी प्रहरीको नियन्त्रणमा छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले नियन्त्रणमा लिएका ट्रयाक्टर नगरपालिकालाई बुझाउने बताए। कृष्णपुर नगरपालिकाले रोक लगाएको कार्य गरेकाले नियन्त्रणमा लिएको प्रवक्ता डाँगीले बताए । 

केही महिनाअघि कृष्णपुर नगरपालिकाले नगरभित्रका खोलानदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन चोरी निकासी संकलन तथा वितरण गरेको सवारीसाधन फेला परेमा नगद ५० हजार जरिवाना गराइने सार्वजनिक सूचना निकालेको थियो। कृष्णपुर नगरका मेयर हेमराज ओझाले गैरकानुनी रूपमा नदीजन्य पदार्थ चोरी तस्करी गर्नेविरुद्धमा कारबाही गरिने बताए । ‘हामीले गैरकानुनी रूपमा नदी तथा खोला उत्खनन नगर्न आह्वान गर्दै आएका थियौँ,’ मेयर ओझाले भने, ‘गैरकानुनी काम गर्नेमाथि कारबाही हुन्छ ।’