१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सफ्टवेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पढाइ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४४:oo

 सफ्टवेरिका कलेज अफ आइटी एन्ड इ–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रम अध्यापन गराउने भएको छ । बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बिएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो ।

तीनवर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने जनाइएको छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएकाले यसका विद्यार्थीले अहिले चर्चामा रहेको एआईको क्षेत्रमा विज्ञता हासिल गर्न सक्ने कलेजको दाबी छ ।

कलेज प्रमुख प्रमोद पौडेलले द्रुतगतिमा विकास भइरहेको एआई क्षेत्रको विशेषज्ञ हुन आवश्यक पर्ने व्यावहारिक सीप र सैद्धान्तिक ज्ञान यस कार्यक्रममा समावेश रहेको बताए । उनले भने, ‘विद्यार्थीले एआई, मसिन लर्निङ, प्यारालल प्रोग्रामिङ र डेटा विज्ञान कसरी जोडिएका छन् र तिनीहरूले कम्प्युटर विज्ञानलाई कसरी परिवर्तन गर्दै छन् भन्ने विषय पढ्नेछन् । यो समग्रमा कम्प्युटर विज्ञानसँगै एआईमा विज्ञता हासिल गराउने शैक्षिक कार्यक्रम हो ।’

यसका लागि कार्यक्रममा प्रोग्रामिङ एन्ड एल्गोरिदम, सफ्टवेयर डिजाइन, कम्प्युटर आर्किटेक्चर एन्ड नेटवर्क, क्रिएटिभ थिंकिङ फर बिजिनेस, इन्ट्रोडक्सन टु आर्टिफिसियल इन्टेलिजेन्स, सफ्टवेयर इन्जिनियरिङ, एड्भान्स एल्गोरिदम, अपरेटिङ सिस्टम एन्ड सेक्युरिटी, मसिन लर्निङ एन्ड रिलेटेड एप्लिकेसन, डिजाइन थिंकिङ एन्ड इनोभेसनलगायतका विषय राखिएको उल्लेख छ । कलेजका अनुसार यी विषयहरू लेक्चर, सेमिनार, प्रयोगशाला, कार्यशाला, अनलाइन, समूहजस्ता विभिन्न विधि तथा माध्यमबाट पठनपाठन हुनेछ ।

अध्ययनपछि विद्यार्थीले एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, सफ्टवेयर इन्जिनियर, सिस्टम आर्किटेक्ट, एआई रिसर्चर, प्रोजेक्ट म्यानेजर, डेटा इन्जिनियर आदि बन्न सक्ने कलेजले जनाएको छ ।