१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:५९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तनहुँमा बस दुर्घटना : घाइते भएका दुईजनाको मृत्यु    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५९:oo

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग.१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।

मृत्यु हुनेमा धनकुटा साँगुरीगढी गाउँपालिका– ९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा साँगुरीगढी गाउँपालिका– ८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक– ६ का २६ वर्षीय सचिन्द्र लिम्बू, धनकुटा साँगुरीगढी गाउँपालिका– ७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये धनकुटा साँगुरीगढी– ९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका– ३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी– ८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, सहचालक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव– ६ का २५ वर्षीय शम्भु यादव, बसचालक प्युठान सरुमहारानी– ५ का २३ वर्षीय होमलाल पल्लीमगर, धनकुटा साँगुरीगढी– ७ बका ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, धनकुटा सावरी– ७ का ३० वर्षीय हमालप्रसाद राई, सोही ठाउँका २९ वर्षीय सन्दीप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा साँगुरीगढी– ७ का ४५ वर्षीय सविन राई, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरी महादेव– ६ बस्ने २३ को विजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आस राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे– ७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमार राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । सप्तरी महादेव– ६ का १५ वर्षीया प्रिती यादव डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।