१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजसेवी सापकोटाको वार्षिक पुण्य तिथिमा विभिन्न कार्यक्रम, सापकोटाको योगदानको स्मरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:११:oo

समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्वर्गीय तिलकप्रसाद सापकोटाको प्रथम वार्षिक पुण्य तिथि विविध कार्यक्रम गरी मनाइएको छ। 

गैँडाकोट- ८, नवलपुरमा रहेको सापकोटानिवासमा रक्तदान, स्वर्गीय सापकोटाको जीवनीमा आधारित श्रव्यदृश्य सामग्री प्रदर्शन, स्वर्गीय सापकोटामा समर्पित पत्रिकाको विशेषांक लोकार्पण, कवि गोष्ठी, लक्ष्यदीप प्रज्ज्वलनसहितका कार्यक्रम गरी पुण्य तिथि मनाइएको हो। 

स्वर्गीय सापकोटाको योगदानमा आधारित कवि गोष्ठीमा साहित्यकार डा. नवराज लम्साल, हीरालाल कँडेल, लक्ष्मीकान्त शर्मालगायतले कवितावाचन गरेका थिए। कवि गोविन्दराज विनोदीद्वारा सापकोटाको देहावसान हुँदा शवयात्रामा लिखित ‘उहाँमा देशको चिन्ता’ नामक कविताको म्युजिक भिडियोसमेत रिलिज गरिएको छ। 

त्यसैगरी, स्वर्गीय सापकोटाको पुण्य तिथिका अवसरमा उनकै निवासमा कांग्रेस गैँडाकोट- ८ नम्बर वडा समितिले रक्तदान कार्यक्रम गर्‍यो। त्यस क्रममा ३५ जनाले रक्तदान गरेको स्वर्गीय सापकोटाका कान्छा छोरा विजयले जानकारी दिए।

समाजसेवा र राजनीतिको माध्यमबाट सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा लागेका सापकोटा कांग्रेस गैँडाकोटका संस्थापक अभिभावक हुन्। 

लोकतन्त्रको स्थापना र शिष्ट राजनीतिक संस्कारको निर्माणका लागि सापकोटा १४ वर्षको उमेरदेखि ७९ वर्षको उमेरसम्म संघर्षरत थिए। सो क्रममा २०१७ सालमा ‘बोल्न पाउनुपर्छ’ भनी तत्कालीन अञ्चलाधीशका अगाडि नारा लगाएपछि १४ महिना जेल परेका उनी ०३६, ०४२ र ०४६ सालमा प्रजातन्त्रिक आन्दोलनका क्रममा पटक-पटक जेल परेका थिए। 

०४६  मा तत्कालीन शासकद्वारा सापकोटाको टाउकाको मूल्य तोकिएको  थियो। जननेता बिपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएका उनी कांग्रेसमा ०१५ सालदेखि सक्रिय थिए। उनले नवलपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न पार्टीबाट आफूले पाएको टिकट शशांक कोइरालालाई दिएर निर्वाचित गराउन महत्त्पूर्ण भूमिका खेलेका थिए। 

१७ माघ २००१ मा बाग्लुङको दमेक, रितिपमा जन्मिएका सापकोटाको ७९ वर्षको उमेरमा गत वर्षको २३ कात्तिकमा निधन भएको थियो। देवघाट क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेर काम गरेका सापकोटा ०३६ सालमा हालको विजय विकास स्रोत केन्द्रको स्थापनामा प्रमुख उत्प्रेरक थिए। सो संस्थाले अहिले शिक्षा, सूचना सञ्चार र बचत र लघुवित्तको क्षेत्रमा काम गर्दै आएको छ। 

सापकोटानिवासमा सोमबारदेखि सुरु भएको वार्षिक पुण्य तिथिको कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, प्रतिनिधिसभा सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालालगायत उपस्थित भए। 

यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलगायतका नेता पनि सहभागी भए। 

कार्यक्रममा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवं हरिहर सन्न्यास आश्रम देवघाट धामका पीठाधीश एक हजार आठ स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यलगायतका सन्तहरूको समेत उपस्थिति रहेको थियो। सापकोटाका दुई श्रीमती, सात छोरा, ४ छोरी छन्।