Skip This
कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ देखि
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८o मङ्सिर १२ मंगलबार १८:५८:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार १८:५८:oo

नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन अगामी ५ र ६ पुसमा हुने भएको छ। कांग्रेस मधेश प्रदेशका सभापति तथा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको पूर्ण बैठकले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा सम्मेलन गर्ने निर्णय गरेको हो।

बैठकले सम्मेलनको प्रमुख अतिथिको रूपमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ। मधेश प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यकताअनुसारका उपसमितिहरू गठन गर्ने बैठकको निर्णय छ।

त्यसैगरी, वडादेखि जिल्लासम्मका तहहरूलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको नेपाली कांग्रेस मधेश प्रदेश सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए।

सम्मेलनमा मधेश प्रदेशको राजनीतिक सांगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरू गठन गर्ने निर्णय पनि भएको प्रमुख गुप्ताले बताए।