१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जीवित व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने वडासचिव निलम्बित

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

मन्थली नगरपालिकाले तत्कालीन वडा नं ३ मा कार्यरत वडासचिव शिवकुमार महतोलाई निलम्बन गरेको छ। हाल उनी मन्थली नगरपालिका–१२ गेलुमा कार्यरत थिए।

सचिव महतोले आर्थिक लेनदेन गरी जीवितै रहेका व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र बनाएर (एकल महिला) सामाजिक सुरक्षा भत्ता खुवाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। अख्तियारले दोषी ठहर गर्दै महतोविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले मुद्दा दर्ता गरेको पत्र मन्थली नगरपालिकाको कार्यालयमा आइतबार प्राप्त भएपछि सोही दिनबाट सचिव महतोलाई निलम्बन गरिएको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए।

सचिव महतोले झुटो विवरण पेस गरी निर्मला खत्रीको जीवितै रहेका श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्र बनाइदिएर एकल महिला सामाजिक सुरक्षा भत्ता खुवाउँदै आएका थिए।

उजुरीपछि सो विषयमा छानबिन गर्दै अख्तियारले झुटा विवरण तयार पारेर ४५ हजार २ सय २० रुपैयाँ सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको उल्लेख गर्दै सोही रकमबराबरको बिगो माग दाबी लिई दुई दिनअघि मुद्दा दर्ता गरेको छ।