१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशभित्रको मधेश बुझ्न मधेश झरेको हुँ : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशभित्रको मधेश बुझ्न मधेश झरेको बताएका छन्।

महोत्तरी सदरमुकाम जलेश्वरस्थित अग्रवाल पार्टी प्यालेसमा केन्द्रीय कार्यसमिति तथा संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन्। प्रायः पार्टीले संसदीय दल र मुख्य बैठकहरू केन्द्रीय राजधानीमा राख्ने गरेकोमा रास्वपाले किन मधेश छान्यो भन्ने सञ्चारकार्मीको प्रश्नमा उनले सो जवाफ दिएका हुन्। 

सभापति लामिछानेले मधेश बुझ्ने पहिलो चरणमा जलेश्वर चयन गरिएको बताए। उनले मधेशलाई सिंगो देशले कुन प्राथमिकतामा राख्न जरुरी छ भनेर बुझ्नसमेत केन्द्रीयस्तरको बैठक मधेशमै राख्न जरुरी देखिएको बताए।

उनले यस बैठकमा विभिन्न विभागीय प्रतिवेदनहरूसहित प्रदेश संरचनामा भएका काम र आफ्नै कामहरूको प्रतिवेदन प्रस्तुत गरी छलफल गर्नुका साथै पदाधिकारीहरूको सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरू गरिने बताए। आगामी तीन दिनको बैठकले रास्वपाको आगामी बाटोसमेत निर्धारण गर्ने गरी अति नै महत्वपूर्ण निर्णय हुने उनको भनाइ छ।

पार्टीको बैठकमा भाग लिन केन्द्रीय कार्यसमितिसहित संसदीय दलका सम्पूर्ण नेताहरू उपस्थित भएका छन्। बैठक प्रारम्भ भएको छ।