१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ४ शुक्रबार ११:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकका चार सांसदले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन  

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:५५:oo

संघ र प्रदेशका चार सांसदले आफ्नो एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्। 

संघीय सांसद माधव सापकोटा, बागमती प्रदेश सांसदहरू युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपालले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन्। चारैजना माओवादीबाट निर्वाचित सांसद हुन्। दुलाल बागमती प्रदेशको भौतिक योजना तथा निर्माणमन्त्रीसमेत छन्।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको सांसद र पत्रकार भेटघाट कार्यक्रममा उनीहरूले सदन, विकास निर्माण, अन्तर्राष्ट्रिय मञ्च र जनतासँग गरेका काम र अनुभवको एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरे थिए।

संघीय सांसद माधव सापकोटाले प्रतिवेदनमा वर्षभरि गरेको कामको विभिन्न सात शीर्षकमा सार्वजनिक गरेका छन्।

संसदीय काम, संसदमा निर्वाचन क्षेत्रको विषयमा उठाएका  विषय, संसदमै उठाएको राष्ट्रिय मुद्दा, अन्तर्राष्ट्रिय फोरम संयुक्त राज्य अमेरिकामा हाइलेभल पोलिटिकल फोरम, बंगलादेशको ढाकामा टुवार्डस् अ रेजिलियन्स साउथ एसिया रिजनल क्लाइमेट समिट, भारतको संसदीय भ्रमणमा दि इनर्जी ट्रान्जिसन २०२३ सम्मेलनमा सहभागी भएर सम्बोधन गरेको कुरा सापकोटाले  उल्लेख गरेका छन्। 

निर्वाचन क्षेत्रमा जनतासँग संवाद र पहिलो वर्षमा पूरा भएका  र थालनी गरिएको विकास निर्माणका १० वटा कामबारे उल्लेख गरेका छन्। तातोपानी नाका खुलाउने, जुरे पहिरोपीडितको रकम वितरण, विकट स्थानीय तह जुगलको गुम्बामा विद्युतीकरण, मोटरबाटो पुर्‍याएको र निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम चालू रहेको सापकोटाले उल्लेख गरेका छन्।

प्रदेश सांसद युवराज दुलालले सिन्धुपाल्चोक क्षेत्र  नम्बर २ मा धेरै विकास निर्माणका काम सम्पन्न भएको र कतिपय काम जारी रहेको प्रतिवेदन सार्वजनिक गरेका छन्।

जसमा दिनेश राम्जी बहुप्राविधिक विद्यालयको भवन एक सम्पन्न  एक निर्माण जारी, चौतारा रंगशालाको काम निरन्तर, चौतारा–सिपाघाट–काठमाडौं, देउराली खण्ड, नौबिसे चौतारा मेलम्ची सडकको काम जारी रहेको चा‌ैताराबाट सानोसिरुबारी, काठमाडौं पुग्ने महत्त्वपूर्ण ग्रामीण सडकको आधा कालोपत्रे सम्पन्न  भएको, चनौटे इचोक घोप्टेघ्याङ सडक निर्माण जारी रहेको उल्लेख छ।

सडक, पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य  र ग्रामीण कृषि सडकलगायत भौतिक पूर्वाधारको १९ वटा योजनामा काम भइरहेको उनले सार्वजनिक गरेका छन्। त्यसैगरी नौ शीर्षकमा प्रदेश सरकारका तर्फबाट सम्पादन भएका महत्त्वपूर्ण कामबारे उल्लेख गरेका छन्।

त्यस्तै, प्रदेश सांसद सरल सहयात्री पौडेलले विभिन्न आठ शीर्षकमा एक वर्षको कार्यकाललाई प्रतिवेदन बनाएर सार्वजनिक गरेका छन्। बागमती प्रदेशका बैठकमा नियम कानुन बनाउन रातदिन खटेर काम गरेको उनले सुनाएका छन्।

त्यसैगरी निर्वाचन क्षेत्रमा आएर जनताको अत्यावश्यक विकास निर्माणको काममा पहलकदमी लिएको उनले उल्लेख गरेका छन्। खासगरी कृषि क्षेत्रमा रहेका समस्या, भ्रष्टाचार नियन्त्रण र स्थानीय तहले बनाउने बजेटलाई  जनतामुखी बनाउन प्रयत्न गरेको उल्लेख गरेका छन्। 

त्यसैगरी, प्रदेश सांसद अमृता नेपालले विकास निर्माणमा हुने गरेका अनियमितता न्यूनीकरण गर्न राजनीतिक पार्टीभन्दा माथि उठेर काम गरेको अनुभव सुनाएकी छिन्।  यसरी एकवर्षे कामको समीक्षा गरेर प्रतिवेदन सार्वजनिक गरिएको सिन्धुपाल्चोकका लागि यो पहिलोपटक हो। 
 

ad
ad