Skip This
सुन तस्करी र क्रिप्टो कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ११ सोमबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुन तस्करी र क्रिप्टो कारोबारमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर

दुई महिना लामो अनुसन्धानपछि पाँचवटा कसुरअनुसार सजाय दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार o६:१३:oo
  •  ३३ किलो सुन तस्करीमा ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ बिगो दाबी 
  •  ९१ करोड ४८ लाख ३२ हजार ५९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबारमा राष्ट्र बैंक ऐनअनुसार सजाय माग

दोलखाको लामाबगर क्षेत्रबाट भएको सुन तस्करी गर्ने गिरोहविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत, दोलखामा पक्राउ परेका १५ तथा अन्य १२ फरार अभियुक्तविरुद्ध मुद्दा दायर गरेको हो । दुई महिना लामो अनुसन्धानपछि पाँचवटा कसुरअनुसार सजाय दाबी गरी मुद्दा दायर गरिएको छ । 

प्रहरीले सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी गरेको छ । त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटीबराबरको क्रिप्टो कारोबार गरेको नेपाल राष्ट्र बैंक ऐनअनुसार पनि सजाय माग गरिएको छ । सो युनिटबराबर झन्डै चार खर्ब रुपैयाँबराबरको कारोबार हुने प्रहरी अधिकारी बताउँछन् । 

भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, बालबालिकासम्बन्धी ऐन तथा अपराधसंहिताको एकीकृत कसुरअनुसार सजाय माग गरी मुद्दा दायर भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनकै आधारमा मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता अर्जुन कोइरालाले बताए ।

 चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको र त्यसको भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरीले जनाएको छ । यसरी सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न महिमा माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्रिप्टो कारोबारको अभियोगमा पनि मुद्दा चलाउनेबारे छलफल भइरहेको दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्का बताउँछन् । 

६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् । 

उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । तस्करीको सुन किन्ने काठमाडौंका सुन पसले दीपेन्द्र शाक्य र तिलक विक पनि प्रहरी हिरासतमै छन् । एक नाबालक पनि यो मुद्दाका प्रतिवादी छन् । फरार १२ मध्ये तिब्बतमा रहेका आकर लामाका आफन्त, क्रिप्टो कारोबारीलगायत छन् ।