मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Friday, 14 August, 2026
२o८o मङ्सिर १० आइतबार १६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजालाई भट्टराईको चुनौती– राजनीति गर्ने भए ढोकाबाट आउनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १६:२१:oo

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हैसियत बिर्सिएर तमासा देखाएको टिप्पणी गरेका छन्। पत्रकार महासंघ ताप्लेजुङले आइतबार बिहान फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले राजनीति गर्ने भए झ्यालबाट नभई ढोकाबाट आउन चुनौती दिए।

आफ्नो हैसियत बिर्सिएर तमासा देखाउने र नेपाली जनताको समृद्धिको चाहनामा अवरोध सिर्जना गर्ने शाहको कार्य कुनै हालतमा नेपाली जनतालाई मान्य नहुने उनको भनाइ छ। गणतन्त्र अन्त्य गर्छु भन्दै हिँड्नेहरू र पूर्वराजा शाहका गतिविधिमाथि सरकार मौन बसेको आरोप लगाउँदै भट्टराईले तत्काल कदम चाल्न सरकारलाई आग्रह गरे।

सचिव भट्टराईले पूर्वराजाका चलखेल र गणतन्त्रविरोधी गतिविधिबारे सरकारको धारणा के हो भनी प्रश्नसमेत गरे।

राज्यले पूर्वराजालाई आवास, सुरक्षालगायतको सुविधा दिएको स्मरण गराउँदै उनले कुनै पनि देशमा यस्तो नभएको प्रस्ट पारे। उनले आफूसँग भएको सम्पत्ति राष्ट्रिय उद्योगमा लगानी गरेर उद्यम सिर्जनामा केन्द्रित हुन शाहले सुझाव दिएका छन्।

यता, कोशी प्रदेशको संसदीय अवस्थाबारे बोल्दै भट्टराईले मध्यावधि निर्वाचन रोक्नै चाहेको भए एमालेसँग भएको सहमतिमा फर्कन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सुझाव दिए।

प्रदेशको नामकरणको विषय संवैधानिक र संसदीय प्रक्रियाबाट हुने भन्दै भट्टराईले भने, ‘सरकारले प्रदेश नामांकनको विषय संसदमा टेबुल गरे हामी त्यो विषयमा त्यहीँ छलफल गर्न तयार छौँ,’ उनले भने।