१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा महिला हत्या आरोपमा युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

जुम्लामा बन्चरो प्रहार गरेर एक महिला हत्या घटनाका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ।

कनकासुन्दरी गाउँपालिका– ३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढालाई बन्चरो प्रहार गरेर हत्या गर्ने सोही गाउँका २३ वर्षीय श्याम बुढालाई प्रहरीले शनिबार गिरफ्तार गरेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टाेली शुक्रबार घटनास्थलमा पुगेको थियो।

शुक्रबार दिउँसो साढे १२ बजेतिर महिलाको हत्या भएको खबर प्राप्त भएको प्रहरी निरीक्षक उमेश चन्दले बताए। उनले खबर प्राप्त भएपछि जिल्ला र प्रहरी चौकी कनकासुन्दरीबाट टोली घटना स्थलमा खटाएको  बताए।

प्रहरी निरीक्षक चन्दका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर जिल्लामा ल्याएको छ।

शवको पोस्टर्माटम आइतबार गर्ने तयारी गरिएको छ। महिलामाथि बन्चरो प्रहार गरी हत्या गर्ने बुढा मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन्।