१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङका चार उद्यमी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

नवौँ उद्योग दिवसको अवसरमा लमजुको बेँसीसहरका चारजना उद्यमी सम्मानित भएका छन्। जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालय लमजुङले शनिबार एक कार्यक्रमको आयोजना गरी एकजना महिला उद्यमीसहित चारजना उद्यमीलाई सम्मान गरेको हो। 

बेँसीसहरका विभिन्न स्थानमा उद्यम व्यवसाय सञ्चालन गर्दै आएका उद्यमीलाई पर्यटन कार्यालयले सम्मान गरेको हो। सम्मानित हुनेहरूमा बेँसीसहर नगरपालिका– ७ मा रिमाल दालमोठ उद्योग सञ्चालन गर्दै आएकी भवानी रिमाल, बेँसीसहर– ८ मा सप्तरंगी आर्टस् पब्लिसिटी सञ्चालन गर्दै आएका सुवासचन्द्र अधिकारी, बेँसीशहर नगरपालिका- ३ मा मनकामना फुड्स प्रोडक्ट सञ्चालन गर्दै आएका ओमकुमार श्रेष्ठ र बेँसीसहर– ११ का कुमारबहादुर विष्ट छन्। 

रिमाल दालमोठ उद्योग सञ्चालन गर्दै आएकी भवानी रिमालले ०७३ सालदेखि उक्त व्यवासय सुरु गरेकी हुन्। अर्का उद्यमी सुवासचन्द्र अधिकारी एक दशकभन्दा बढी समयदेखि बेँसीसहर– ८ मा सप्तरंगी आर्टस् पब्लिसिटी सञ्चालन गर्दै आएका छन्। 

यसैगरी बेँसीसहर नगरपालिका– ३ मा  मनकामना फुड्स प्रोडक्ट सञ्चालन गर्दै आएका ओमकुमार श्रेष्ठले लमजुङमा ०६३ सालदेखि उक्त उद्योग सञ्चालन गरेका हुन्।

यस्तै, बेँसीसहर– ११ का कुमारबहादुर विष्टले वैदेशिक रोजगारीबाट फर्केर गाउँमै ०७५ सालबाट कुताल पोल्टी फर्म सञ्चालन गरेका छन्।