१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मुलुकको पहिलो केबलकार डिजिटल प्रणालीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o३:oo

सुविधासम्पन्न रिसोर्ट सञ्चालनको तयारी 

२५ वर्ष पूरा गरेको नेपालकै पहिलो केबलकारले एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ । अस्ट्रियाको डोपलमेयर कम्पनीको डि–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने पहिलो चरणको काम दुई वर्षअघि नै सम्पन्न गरिसकेको र बाँकी काम अर्काे वर्षको भदौ–असोजमा सम्पन्न हुने कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए । केबलकार स्तरोन्नति गर्न करिब ४५ करोड लगानी हुनेछ । 

साथै, सन् २०२४ को अन्त्यमा वा २०२५ सुरुबाटै सञ्चालन गर्ने गरी मनकामनामा केबलकार हाताभित्र सुविधासम्पन्न रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा–सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुनेछ । रिसोर्टस् बाई मनकामना केबलकार प्रालिको नामबाट सञ्चालन हुने रिसोर्टमा करिब ५५ करोड लगानी हुने उनको भनाइ छ । केबलकार सेवा शुभारम्भसँगै सो क्षेत्र आन्तरिक मात्रै नभएर भारतीय र विश्वभरका पर्यटक आकर्षित गर्न सफल गन्तव्यका रूपमा स्थापित भएको छ । 

मनकामना दर्शन प्रालि ०५३ कात्तिक २२ गते स्थापना भएको कम्पनी हो । कम्नपीले ०५४ माघदेखि केबलकार निर्माण प्रारम्भ गरी ०५५ मंसिर ८ गतेबाट व्यावसायिक सेवा सुरु गरेको हो । केबलकारले सुरुवाती वर्षमा दुई–तीन लाख यात्रुलाई सेवा दिएकोमा अहिले बढेर वार्षिक ११ लाख यात्रुलाई सेवा दिइरहेको छ । यस वर्ष १२ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य छ । 

संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको दर्शनलाई केन्द्रमा राखेर कम्पनीले आसपासका क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग र जातिलाई सहयोग गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले केबलकार टिकटबाट भएको आम्दानीको १–१ प्रतिशत रकम सहिद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवीप्रकोपका लागि भनी बर्सेनि सहयोग गर्दै आएको छ । 

ad
ad